(Japan) 5 th June | 2023 | Monday | 3:21:47 AM || (Nepal) 12:06:47 AM
 
 

आज बडा दसैंको टीका, जापान नेपाल सहित कुन देशमा कतिबजे साइत हेर्नुहोस्

  POSTED ON : Wednesday, 05 October, 2022 | Views : 2238

आज बडा दसैंको टीका, जापान नेपाल सहित कुन देशमा कतिबजे साइत हेर्नुहोस्


टोकियो, जापान ।

नेपालीहरुको प्रमुख चाड पर्व अन्तर्गतको बडा दसैंको प्रमुख दिन आज बिजया दशमी तथा टीका । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज नेपाल सहित विश्वका प्रमुख देशहरुमा बडा दसैंको टीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अनुसार नेपालमा बिहान ११ बजेर ५१ मिनेटमा बडा दसैंको टीका लगाउने उत्तम साइत रहेको छ ।

नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत सार्वजनिक गरिएको छ । धेरै नेपालीको बसोबास रहेका देशहरुबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय निर्धारण गरिएको अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले जनाएको छ ।

जापानको टोकियोमा दशैंको टीकाको उत्तम साइत ५ अक्टोबर बुधवार बिहान १० बजेर ३९ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. माधव भट्टराईका अनुसार टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि शुभसाइत दिइएको हो । टीका लगाउने उत्तम साइत तोकिएपनि बुधवार दसैंको टीका लगाउन उत्तम साइतनै आवश्यक नपर्ने भट्टराईले बताउनुभयो ।

भारतको दिल्लिमा ५ अक्टोबर बिहान ११ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ ।

पञ्चांग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार अमेरिकाको न्यूयोर्कमा बिहान ११ बजेर ११ मिनेटमा, केन्टुकीमा बिहान ११ बजेर ५५ मिनेटमा, टेक्सासमा ११ बजेर ३५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ११ बजेर ४५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको छ ।