(Japan) 16 th February | 2026 | Monday | 7:51:28 AM || (Nepal) 4:36:28 AM
 
 


टोकियोमा राजनीतिक विश्लेषक आहुतीसँग अन्तरसंवाद हुँदै

  POSTED ON : Friday, 06 June, 2025 | Views : 610

टोकियोमा राजनीतिक विश्लेषक आहुतीसँग अन्तरसंवाद हुँदै


टोकियो, जापान ।

सामाजिक राजनीतिक विश्लेषकका रुपमा परिचित कम्युनिष्ट विचारक विश्वभक्त दुलाल 'आहुति'सँग टोकियोमा अन्तरसंवाद हुने भएको छ ।

जातिय विभेदको अन्त्य र समानताको उदय राष्ट्रिय दिवसको अवसर पारेर ग्लोबल फोरम जापानले समाजवादी दर्शनका अध्येता एवं प्रखर वक्ता मानिने आहुतिसंग टोकियोमा अन्तरसंवाद कार्यक्रम गर्न लागेको जनाएको छ ।

कार्यक्रम यहि जून ८ तारिख आईतबार शिनओकुबो स्थित सोलमारी मुरा हलमा अपरान्ह १ बजेबाट सुरु हुने आयोजक संस्था ग्लोबल फोरमकी अध्यक्ष मुना सुनारले जानकारी दिनुभयो ।

‘प्रवासी नेपालीको संकल्प, समतामुलक समाज एक मात्र विकल्प’ भन्ने नारा सहित राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालको पछिल्लो विकसित राजनैतिक घटनाक्रम, नेपाली समाजमा विद्यमान जातिय विभेदको अवस्था र समतामुलक समाज निर्माणमा प्रवासी नेपालीको भूमिका लगायत विषयमा राजनीतिक विश्लेषक आहुतीले जापानका नेपाली समुदायसंग अन्तरसंवाद गर्नेछन् ।

व्यक्ति एक, परिचय अनेक भएका आहुती विचारक, विश्लेषक, लेखक, साहित्यकार, गीतकार र राजनीतिकर्मीका रुपमा चिनिन्छन् । प्रखर वक्ता, तर्कपूर्ण अभिव्यक्ति शैली, वाककला भएका वौद्धिक व्यक्तित्व मानिनुहुने आहुतिका दर्जन बढि पुस्तक प्रकाशित छन् ।

कार्यक्रममा सबै जापानवासी नेपालीहरुका लागि सहभागीता खुल्ला रहेकाले यसै समाचारलाई निमन्त्रणा सम्झेर सहभागिताका लागि आयोजक संस्था ग्लोबल फोरमकी अध्यक्ष मुना सुनारले निमन्त्रणा समेत गर्नुभयो ।