टोकियो, जापान ।
दोलखा समाज जापानको पाँचौ अधिवेशन अध्यक्षमा संजिव पोखरेललाई चयन गर्दै सम्पन्न भएको छ । जापानका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुवेदीको प्रमुख अतिथ्यता तथा समाजका अध्यक्ष रोशन थापाको अध्यक्षतामा टोकियोमा समाजले अधिवेशन सम्पन्न गरेको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै राजदुत सुवेदीले दोलखा समाजले जापानमा गरेको कार्यहरुको खुलेर प्रशंशा गर्नु भएको थियो । दुतावासले नेपाली समुदयका लागि अहोरात्र खटेर काम गरिरहेको पनि जानकारी दिनुभयो ।
कार्यक्रमा बोल्दै गैर आवासिय नेपाली संघ एनआरएनए जापानका उपाध्यक्ष सिदार्थ श्रेष्ठले भने दुताबासले प्रवाह गरेको सेवाका विषयमा गुनासो व्यक्त गर्नु भएको थियो भने अन्य वक्ताहरुले समाजले गरेको कार्यहरुको चर्चा गर्नु भएको थियो ।
अधिवेशनको अवसरमा समाजले जापानमा रहेर विभिन्न क्षेत्रमा योगदान दिएको भन्दै जापानमा रहेका दोलखालीहरुलाई सम्मान गरेको थियो । सम्मानित हुनेमा पत्रकार रामचन्द्र गिरी, सामाजिक अभियन्ता दिपेश खरेल, कलाकारहरु माधव खड्का, शर्मिला तामाङ, अन्जान कुमार बस्नेत, भुवन घिमिरे, महेश खड्का, नवराज थापा लगायत रहनुभएको छ । सोहि अवसरमा समाजको आजिवन सदस्यता लिने समाजका सदस्यहरुलाई समेत प्रमाण पत्र प्रदान गरेको थियो ।
अधिवेशनले संजिव पोखरेलको अध्यक्षतामा नयाँ कार्य समिति समेत सर्वसम्मत चयन गरेको छ ।
महाधिवेशनले समाजकोे वरिष्ठ उपाध्यक्षमा महेन्द्र राउत र उपाध्यक्षहरूमा श्री खड्का, नारायण खड्का, मनोज श्रेष्ठ र अन्जन बस्नेत चयन भएको निर्वाचन कमिटिले जनाएको छ ।
त्यसैगरि समाजको महासचिवमा अनुप खड्का, सचिवहरुमा तिलराज खतिवडा, सिर्जना थापा, शिव ओली र कोषाध्यक्षमा गोपी कार्की चयन भएका छन् ।
समाजको सदस्यहरुमा गोपीनी आचार्य, दर्पण खड्का, सुवास पोखरेल, नवराज खड्का, सन्तोष खड्का, दिपेन्द्र कार्की, अर्जुन खड्का, अशोक पोखरेल, सुनिल खड्का र रमेश लामा रहेका छन् । महाधिवेशनमा समाजको प्रगति प्रतिवेदन महासचिव नारायण खड्का, आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष मनोज श्रेष्ठले सार्वजनिक गर्नु भएको प्रतिवेदन उपर छलफल र सुझाव सहित अनुमोदन गरिएको थियो ।