टोकियो, जापान ।
कास्की पोखरा समाज जापानको छैटौँ अधिवेशन आगामी फेब्रुवरी ०९ तारिखमा हुने भएको छ ।
२०२५र०१र०५ मा समाजका अध्यक्ष सन्देश अधिकारीको अध्यक्षतामा बसेको बैठकले अधिवेशनका लागि मिति तय गरेको प्रवक्ता कृष्ण अधिकारीले जानकारी दिएका छन् ।
अधिवेशनबाट नयाँ नेतृत्व चयन र समाजका आगामी दिनमा गर्ने भावी कार्ययोजनाहरु पनि तय गर्ने अधिकारीले जानकारी दिए ।
अधिवेशन भब्य रुपमा सम्पन्न गर्नका लागी सबै तयारी थालिएको महासचिव सरोज कार्कीले बताए । अधिवेशनका दिन जापानमा रहेका सम्पुर्ण कास्केलीरूलाई सहभागि जनाउन समेत कार्कीले अनुरोध गरेका छन् ।
कास्कीबाट आउनुभएका जापानका विभिन्न शहरहरुमा बस्दै आएका कास्केलीहरूको ठुलो संख्या रहेको छ । विदेशी भूमिमा रहेर पनि गृह जिल्ला र समग्र नेपालको विकासका लागि समाजले विभिन्न सहकार्य गर्दै आएको छ ।
जापानमा रहेका कास्केली सहित नेपाली समुदायलाई आवश्यक सहयोग र समग्र कास्कीको विकासमा टेवा पुर्याउने उद्देश्यसहित समाजको स्थापना भएको समाजका अध्यक्ष अधिकारी बताउछन् । समाजले कास्कीको धार्मिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रको उत्थान लगायतमा विभिन्न कार्यक्रमहरु पनि गर्दै आएका छन् ।
साथै समाजले स्थापनको १० बर्ष पुरा गरेको उपलक्ष्यमा प्रथम स्मारिका प्रकाशन गर्दै विमोचन पनि सोहि दिन गर्न गइरहेको सहर्ष जानकारी सचिब जिवन पोखरेलले जानकारी दिए ।
साथै, सम्पुर्ण कास्केलीमा उपस्थित भएर कार्यक्रम भब्य र सभ्यरूपमा सम्पन्न गर्न कार्यसमिति तयारिमा जुटिरहेको पोखरेलको भनाई छ ।