(Japan) 17 th February | 2025 | Monday | 9:51:24 AM || (Nepal) 6:36:24 AM
 
 


सक्रियता बढाउँदै बिहुँकोट समाज, १८ औं साधारणसभा सम्पन्न

  POSTED ON : Tuesday, 07 January, 2025 | Views : 624

सक्रियता बढाउँदै बिहुँकोट समाज, १८ औं साधारणसभा सम्पन्न


टोकियो, जापान ।

नेपाल बाग्लुगं जिल्ला बिहुँकोट स्थायी घर भइ जापानमा बसोबास गर्दै आएकाहरुको साझा संस्था बिहुँकोट समाज जापानले आफ्नो १८ औँ साधारण सभा टोकियोमा सम्पन्न गरेको छ ।

सन् २००८ मा टोकियोमा गठन भएको समाजले १८ औँ साधारण सभा गरेको हो । बिहुँकोट समाज जापानका अध्यक्ष दिपक कडेंलको सभापतित्व एनआरएनए जापानका अध्यक्ष नविन निऊरेको प्रमुख आथित्यता सम्पन्न कार्यक्रमको संचालन महासचिब घनश्याम कंडेल ९ अर्जुन ० ले गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य ऊपाध्यक्ष रामु कंडेलले गर्नुभएको थियो भने समाजको हालसम्मका गतिबिधी बारे ऊपाध्यक्ष द्वय फणिन्द्र शर्मा र टिकाराम कंडेलले प्रकाश पार्नु भएको थियो ।

सभामा कोषाध्यक्ष नारायण कडेलद्वारा कुल आय १२,४५९,२९२ कुल ब्यय ४,०१८,८०८बरावरको आयव्यय प्रस्तुत गर्नुभएको थियो  । जस अनुसार बिहुँकोट समाजमा हाल ८४ लाख ४० जार ४ सय ८४ येन बचत देखिएको छ ।

अधिवेशनमा महासचिब घनश्याम कंडेलले समाजको प्रगती प्रतिबेदन र आगामि योजनाबारे जानकारी दिनुभएको थियो । साथै कान्साई क्षेत्रीयसमितीको आय ब्ययबारे कान्साई ऊपाध्यक्ष लक्ष्मण न्यौपानेले जानकारी गराऊनु भएको थियो ।


भेलामा बिधान ससोंधन समितीका सयोंजक अशोक शर्माद्वारा प्रस्तुत गरीएको बिधान ससोंधन सहित प्रस्तावहरु पारीत भएको थियो ।

सो सभामा बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितीका ऊपाध्यक्ष लक्ष्मण न्यौपाने, अध्यक्ष बलबहादुर कंडेल क्षेत्री मुकेश , कुडुँले समाज जापानका अध्यक्ष राम प्रसाद आचार्य , बाग्लुगं समाज जापानका ऊपाध्यक्ष गुरू प्रसाद सापकोटा, बिहुँकोट समाज जापानका सस्थांपक सदस्य अनन्त रिजाल, पुर्व अध्यक्ष अशोक शर्मा, सागर प्रसाद कंडेल, सह सरंक्षक डिपी कंडेल, सरंक्षक दिपक सुबेदी लगायतले मन्तब्य राख्नुभएको थियो ।

भेलामा समाजलाई ऊल्लेख्य योगदान दिई २ कार्यकाल नेतृत्व गर्नुभएका संस्थापक अध्यक्ष ऋषिराम कंडेल र पुर्व अध्यक्ष सागर प्रसाद कंडेललाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरीनुका साथै सभामा नेपालबाट जापान भ्रमणमा रहनुभएका अभिभावक सगं भेटघाट गरीएको थियो ।

साधारण सभाले कान्तो क्षेत्रको क्षेत्रिय समिती ३ महिना भित्र गठन गर्ने गरी पुर्व अध्यक्ष अशोक शर्माको नेतृत्वमा अध्यक्ष दिपक कंडेल र ऊपाध्यक्ष फणिन्द्र शर्मा सदस्य रहने गरी तिन सदस्यिय कान्तो क्षेत्रीय समिती गठन समिती चयन गरेको छ ।

प्रमुख अतिथीको आसनबाट बोल्दै एनआरएनए जापानका अध्यक्ष निऊरेले बिहुँकोट समाज जापान जापान एक अग्रणि तथा ऊदाहरणिय सामाजिक सस्थां रहेको र सदैव एनआरएन सगं सहकार्य हुने बताऊनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा लोकगायक बिष्णु खत्रीले आफ्नो सांगितिक प्रस्तुती सहित ऊपस्थित सबैलाई छमछमि नचाँएका थिए ।