टोकियो, जापान ।
नेपाल मगर संघ जापानले मगरहरूको मुख्य चाड माघे संक्रान्ति पर्ब विशेष अवसर पारेर राजधानी टोकियो सहित प्रमुख शहरहरुमा सांस्कृतिक तथा सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
राजधानी टोकियोमा जनवरी १९ तारिख आईतबार माघे संक्रान्ति विशेष सांगितिक साँझको आयोजना गरिन लागिएको संस्थाका महासचिव भिक्टर ठाडा मगरले जानकारी दिनुभयो ।
नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक गायिकाहरु हेमन्त आले मगर, रेश्मा पुन मगर, चेतन घर्ति मगर, रचना राना मगर, पवित्रा घर्ती मगर लगायतले कार्यक्रममा आफ्ना लोकप्रिय सांगितिक प्रस्तुतीहरु पस्कनुहुनेछ । यस्तै कामना फगामी मगरको नृत्यु सहित अन्य स्थानिय कलाकारहरुको सांस्कृतिक प्रस्तुतीहरु पस्कने महासचिव भिक्टर ठाडा मगरले जानकारी दिनुभयो ।
कार्यक्रम नाकानोमा रहेको नाकानो जेरो हलको सभाहलमा साँझ ५ बजेबाट सुरुहुनेछ ।
टोकियो बाहेक नागोया शहरमा जनवरी १२ तारिख, ओसाकामा १३ तारिख तथा फुकुओकामा जनवरी १४ र गुन्माकेनमा जनवरी १८ तारिख माघे संक्रान्ति विशेष सांगितिक साँझ आयोजना गरेको मगर संघ जापानले अन्तिम दिन टोकियोमा जनवरी १९ तारिख आयोजना हुने भएको छ ।