(Japan) 17 th February | 2025 | Monday | 9:43:42 AM || (Nepal) 6:28:42 AM
 
 


अस्मिता अधिकारी र बाबुकृष्ण आइपुगे टोकियो, शनिवार नयाँ वर्ष संगितिक साँझ हुँदै

  POSTED ON : Friday, 03 January, 2025 | Views : 780

अस्मिता अधिकारी र बाबुकृष्ण आइपुगे टोकियो, शनिवार नयाँ वर्ष संगितिक साँझ हुँदै


टोकियो, जापान ।

चर्चित गायिका अस्मिता अधिकारी र गायक बाबु कृष्ण परियार बलेवा सेवा समाज जापानले आयोजना गरेको सांगितिक साँझमा मनोरञ्जन दिनको लागि जापान आइपुगेका छन् ।

नयाँ बर्ष सांगितिक साँझको तयारी पुरा भएको र कलाकारहरुलाई शुक्रबार नारिता बिमानस्थलमा स्वागत गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको जापानका लागि नेपाली महामहिम डा दुर्गा बहादुर सुबेदीबाट उदघाटन हुने संयोजक दिप पाठकले जानकारी दिनु भयो ।

सुन्दर वलेवामा बिपन्न परिवारहरुको लागि शिक्षा र स्वास्थ्यमा सहयोगा भन्ने नाराका साथ जनवरी ४ तारिखका दिन आयोजना गरिने कार्यक्रमको तयारी पुरा भएको समाजका संस्थापक अध्यक्ष ,संरक्षक कार्यक्रमका आर्थिक संयोजक महेन्द्र पिसीले  जानकारी दिनुभयो । 

टोकियो स्थित खामेईदो सास्कृतिक केन्द्रमा हुने संगितिक साँझमा चर्चित गायिका अस्मिता अधिकारि र पछिल्लो समयका चर्चित गाएक बाबु कृष्ण परियारले प्रस्तुति दिने समाजका अध्यक्ष महेन्द्र ढकालले जानकारी दिनुभयो । अधिकारीका , काले केटाले , उता परेली झिम झिम भो , टाडा भए पनि , जस्ता दर्जनौ गितहरु हिट छन ,परियारका कास्मिरे पच्छेउरी दमौलि , चौका दाउ ,लगाएतका गितहरु बहुतै चर्चित रहेका छन । 

एक दशक भन्दा लामो समय देखि सामाजिक कार्यमा क्रियाशिल बलेवा सेवा समाज जापानले विगतमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको महासचिब अर्जुन लामिछानेले बताउनुभयो । सबै जापानबासी  नेपालीहरुलाई समाजको तर्फबाट चुल्हे निम्तो गरिएको छ ।