(Japan) 17 th February | 2025 | Monday | 10:56:38 AM || (Nepal) 7:41:38 AM
 
 


ओसाकामा पहिलो पटक अप्रिल २६ र २७ मा नेपाल फेस्टिवल आयोजना गरिने

  POSTED ON : Saturday, 21 December, 2024 | Views : 452

ओसाकामा पहिलो पटक अप्रिल २६ र २७ मा नेपाल फेस्टिवल आयोजना गरिने


कान्साई, जापान ।

जापानको कान्साई स्थित ओसाकामा पहिलो पटक नेपाल फेस्टिवल आयोजना हुने भएको छ ।

राजधानी टोकियो सहित जापानका आधा दर्जन बढि शहरमा फेस्टिवलहरु आयोजना भइरहँदा ओसाकामा गैर आवासिय नेपाली संघ कान्साई समितिले फेस्टिवल आयोजना गर्ने भएको छ ।

गैर आवसीय नेपाली संघ जापान क्षेत्रीय समिति कान्साईले आफ्ना संरक्षक, सल्लाहकार समिति तथा एनआरएनए कान्साई कार्यसमितिको संयुक्त बैठकबाट मिति २०२५ अप्रिल २६ र २७ को दिन नेपालको कला-संस्कृति भेषभूषालाई जापानमा परिचित गराउँदै नेपालको पर्यटन क्षेत्रमा टेवा पूर्याउने उद्देश्य अनुरूप  “प्रथम नेपाल फेस्टिवल कान्साई-२०२५” गर्ने निर्णय गरेको एनआरएनए कान्साई क्षेत्रिय समितिका उपसंयोजक टिआर गौडेलले जानकारी दिनुभयो ।

फेस्टिवललाई भब्य र सभ्यरुपमा सफल पार्न एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेलाई आयोजक समिति संयोजक र एनआरएनए जापान विशेषज्ञ समिति सदस्य नरेन्द्र कुमार बस्नेत 'दिनेश' लाई व्यवस्थापन समितिको संयोजक तोकिएको छ ।

मूल आयोजक समिति चयन गर्दै तुल्सीराम खरेल, आत्माराम शर्मा, हरि प्रसाद कंडेल, दिलिप कंडेल, बिष्णु सापकोटा सदस्य-सचिब , महेश कुमार कटवाल, टिकाराम कंडेल, टि आर गौडेल र भिम काउचालाई सचिवालय समितिमा रहनेगरि जिम्मेवारी समेत तोकिएको छ ।

एनआरएनए जापान कान्साई क्षेत्रीय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्य एवं यस क्षेत्रीय समितिका संरक्षक र सल्लाहकारहरु मूल आयोजक समितिका सदस्य रहने तथा कान्साईमा सक्रिय सम्पूर्ण सामाजिक तथा राजनीतिक संस्थाका प्रमुखज्यूहरुलार्य आयोजक समितिको सदस्य र प्रथम नेपाल फेस्टिवल कान्साई-२०२५ का लागि सह-आयोजक राखिने भएको छ ।

कान्साई क्षेत्रमा सम्पूर्ण नेपाली सामाजिक तथा राजनीतिक संस्थाका प्रमुखहरूलाई समेट्दै एनआरएनए कान्साइले सामुहिक बैठकको तयारी गरिरहेको र सोही बैठकबाट सम्पूर्णको विचारको सम्मान गर्दै अपनत्त्व हुने गरी थप छलफल सहित अगाडी बढ्ने निर्णय गरिएको गौडेलले जानकारी दिएका छन् ।

त्यसैगरी आर्थिक समितिको संयोजकमा तुलसी राम खरेल खरेल, उपसंयोजक आत्माराम शर्मा गैरे ,सदस्यमा लक्ष्मण गैरे सहित आवस्यकता अनुरुप थप गर्ने गरी आर्थिक समिति गठन गरिएको छ ।

प्रथम नेपाल फेस्टिवल कान्साई-२०२५ लाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि आवस्यक अन्य बिभागहरु पनि विस्तार गरिने बताइएको छ ।

प्रथम कान्साई नेपाल फेस्टिवल क्योबाशी स्टेसन नजिकै रहेको 'फुलाली क्योबाशी' मा आयोजना गरिने भएको छ ।