(Japan) 12 th September | 2024 | Thursday | 1:36:13 AM || (Nepal) 10:21:13 PM
 
 


दोलखा समाज जापानद्धारा तीजको दर खाने कार्यक्रम आयोजना

  POSTED ON : Saturday, 31 August, 2024 | Views : 280

दोलखा समाज जापानद्धारा तीजको दर खाने कार्यक्रम आयोजना


टोकियो, जापान ।

दोलखा समाज जापानले प्रत्यक बर्ष आयोजना गर्दै आएको तिजको दर विषेश कार्यक्रम यस बर्ष पनि आयोजना गर्ने भएको छ । विदेशी भुमीमा रहेर पनि आफ्नो देशको चाडपर्व मनाएर घर परिवारको जस्तै खुसी साटासाट गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष रोशन थापाले बताउनुभयो ।

कार्यक्रम २०२४ अक्टोबर १ तारिक आईतबार टोकीयोको बुद्ध ओमोरी रेष्टुरेन्ट, सिनागावामा आयोजना गरिएको समाजका महासचिव नारायण खड्काले जानकारी दिनु भयो । विभिन्न पेशा तथा व्यवसाय एवं अध्ययनका लागि जापान आएका दोलखालीहरु भेला भएर दर खाने कार्यक्रम रहेको उनको भनाई छ ।

हरितालीका तिज दर कार्यक्रममा जापान रहेका सम्पुर्ण दोलखाली दिदी बहिनी तथा दाजुभाईहरू सहभागिताको लागि अनुरोध समेत गरिएको समाजका महासचिव खड्काले बताउनु भयो ।