(Japan) 12 th September | 2024 | Thursday | 2:04:54 AM || (Nepal) 10:49:54 PM
 
 


फुकुओकामा नेपाली एकता समाज गठन

  POSTED ON : Wednesday, 21 August, 2024 | Views : 700

फुकुओकामा नेपाली एकता समाज गठन


कुरुमे, फुकुओका ।

जापानको फुकुओका कुरुमेमा बसोबास गर्दै आएका नेपालीहरुले बिष्णु बहादुर तामाङको अध्यक्षतामा नेपाली एकता समाज ९कुरुमे० को आइतबार स्थापना गरेका छन् ।

कुरुमे र यसवरिपरि बस्नु हुने नेपालीहरुलाई समेटेर समाजको स्थापना गरिएको कुरा समाजका अध्यक्ष बिष्णु बहादुर तामाङले जानकारी दिनु भएको छ। कुरुमे र यस वरिपरि नेपालीहरुको बढ्दो अवस्थालाई मध्यनजर गर्दै यस क्षेत्रमा नेपालीहरुलाई एकताबद्ध बनाउन कुनैपनि संघसंस्था वा समाजहरु नभएको र त्यसको आवश्यकतालाई महशुश गरेर समाजको स्थापना गरिएको तामाङले जानकारी दिनुभयो ।

समाजले त्यस वरिपरि बसोबास गर्नु हुने नेपालीहरुको दुख सुखमा सहयोग गर्ने साथै नेपाली बाल बच्चाहरुको संख्या पनि बढ्दै गएको हुनाले नेपाली भाषा, भेष भुषा , कला संस्कृतिहरु बाल बच्चाहरुलाई सिकाउदै जाने कुरामा पनि जोड दिने यस सस्थाले उद्देश्य राखेको बताएको छ । साथै पछिल्लो समय कुरुमे र यस वरिपरि नेपालबाट जापान पढ्न आउने विद्यार्थीको संख्या पनि बढ्दै गएको हुनाले उनिहरुलाई पनि समयमा नै सही बाटो पहिल्याउन सहयोग गर्दै अभिमुखिकरण कार्यक्रम गरेर जापानमा आए पछि गर्नु पर्ने कुराहरुका साथै जापानमा पालना गर्नु पर्ने नीति नियमको पनि जानकारी गराउने उद्देश्य लिएको तामाङले बताउनुभयो ।

समाजको ११ सदस्यिय कार्यसमितिमा उपाध्यक्षमा दीपेन्द्र ठगुन्ना, सचिवमा शंकर वि क, सह सचिवमा प्रविन वि क, कोषाध्यक्ष भिषन तामाङ र सदस्यहरुमा प्रेम लामा, दिपेश गुरुङ, सिर्जना पोखरेल, अनिल कुमार श्रेष्ठ, बिमल गुरुङ, सुजन घलान रहनुभएको 

 ।

समाजमा विवेक श्रेष्ठ, धिरेन गुरुङ, राजा मल्ल, भानुभक्त कंडेल र फणीन्द्र लिम्बु गरि ५ जनाको सल्लाहकार समिति पनि गठन गरिएको छ ।

समाज गठन पश्चात बोल्दै विभिन्न सांस्कृतिक कार्यक्रम , नेपालीहरुलाई सहयोग, कुरुमे र यस वरिपरि नेपाल र हाम्रो संस्कृतिको जानकारी साथै विद्यार्थी अभिमुखिकरण कार्यक्रमहरु गर्दै जाने कुरामा नवनिर्वाचित अध्यक्ष तामाङले जोड दिनुभयो ।

विशुद्ध गैर राजनीतिक र गैर नाफामूलक भएको र कुरुमे र यस वरिपरि बस्नु हुने सम्पूर्ण नेपालीहरुको यस समाजमा समान हक र अधिकार भएको तामाङले बताउनुभयो ।

समाज गठन प्रक्रियामा अघिल्लो महिना कुरुमे र यस वरिपरि बस्नु हुने नेपालीको बृहत भेला आयोजना गरि सहभागी सम्पूर्णको राय सल्लाह सुझावलाई समेटेर पुन दोश्रो चरण भेलाको आयोजना गरि समाज गठन गरिएको जानकारी समाजका उपाध्यक्ष दीपेन्द्र ठगुन्नाले जानकारी दिनु भएको छ ।

समाज घोषणाका लागि आयोजित कार्यक्रमको संचालन सचिवमा निर्वाचित शंकर वि क ले गर्नु भएको थियो । कार्यक्रममा फुकुओका कुरुमे क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको सहभागिता रहेको थियो ।