टोकियो, जापान ।
आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ आयोजना गर्ने भएको छ ।
यही अप्रील १३ तारीख टोकियोको शिनओकुबो स्थित सोलमारी मुराहलमा सांस्कृतिक सांझ आयोजना गरीएको र कार्यक्रममा नयां वर्षको शुभकामना आदानप्रदान संगै सांस्कृतीक प्रस्तुतीहरु प्रस्तुत गरिने भएको छ । जापानमा रहेका अर्घाखाँचीबासी लगायत नेपालीहरुलाई मनोरज्जनका साथै नेपाली संस्कृतीको निरन्तरताको लागी कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष कृष्ण केशीले जानकारी दिनुभयो ।
केसिले मनोरज्जन संगै समाजका पूर्व अध्यक्ष, संस्थापक सदस्य एवम् समाजलाई सहयोग पुर्याउने जापानमा रहेका बिभिन्न संघसंस्थाका क्रियाशील व्यक्तिहरुलाई सम्मान कार्यक्रम समेत राखिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली लोक संगित क्षेत्रका ख्याती प्राप्त कलाकारहरुको बेजोड सांगितिक प्रस्तुती रहने बताइएको छ । जापानलाई कर्मथलो बनाउदै आउनुभएका चर्चित कलाकार चेतन घर्ती मगर, सोना केसी, समुन्द्रराज पौडेल लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने समाजका उपाध्यक्ष तथा सांगितीक सांझ कार्यक्रमका संयोजक गोबिन्द बिष्टले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागिताका लागी जापान स्थित बिभिन्न संघसस्थाहरुलाई पत्राचार गरीसकेको समाजका महासचिव अर्जुन आचार्यले जानकारी दिनुभयो ।
साथै सास्कृतीक सांझ खुल्ला भएकोले जापानबासी आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरूलाई सहभागीताका लागी आह्वान समेत गर्नुभयो ।