(Japan) 12 th September | 2024 | Thursday | 2:08:29 AM || (Nepal) 10:53:29 PM
 
 


जापानमा असामयिक निधन भएका अनिशको परिवारलाई आर्थिक सहयोग

  POSTED ON : Monday, 01 April, 2024 | Views : 3704

जापानमा असामयिक निधन भएका अनिशको परिवारलाई आर्थिक सहयोग


टोकियो, जापान ।

विद्यार्थी भिषामा ६ महिना अघि जापान आएर असामयिक निधन भएका धनकुटाका अनिश कटुवालको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।

आफ्नै कोठामा असामयिक निधनपछि उनको शव नेपाल पठाउनका लागि नेपाल कल्याण समाज जापानको तर्फबाट आर्थिक सहयोग प्रदान गरिएको समाजले जनाएको छ ।

नेपालको धनकुटा स्थायी घर भई हाल जापानको टोकियो स्थित ताकाराजुका दाइगाकुमा जापानिज भाषा अध्ययनरत २७ बर्षका अनिश कटुवालको शवलाई नेपाल पठाउन संचालन गरिएको अभियानबाट संकलित ५८ हज़ार ६०० रकम परिवारको आफन्तको खातामा जम्मा गरिदिएको समाजका अध्यक्ष केशव सुवेदीले जानकारी दिए ।

‘मृतकको शव नेपाल पठाउनको लागि आर्थिक सहयोगको आवश्यकता भएकोले बिभिन्न सामाजिक संस्था लगायत विभिन्न माध्यमबाट सहयोग रकम उठिरहेको सन्दर्भमा नेपाल कल्याण समाज जापानको तर्फबाटपनि थोरै भएपनि राहत पुगोस भन्ने हेतुले संचालन गरेको आर्थिक अभियान गरि रकम पठाएका हौ ।’ समाजद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।

आर्थिक सहयोग अभियानमा सरिक भइ पीडा र ममस्यामा परेको बेलामा स्वस्फुर्त रुपमा सहयोग गर्नुहुने सबै सहयोगी मनहरु लाइ नेपाल कल्याण समाज जापानको तर्फबाट हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ ।

अँग्रेजी नयाँ वर्षको अघिल्लो दिनमा कटवालको आफु बस्दै आएको कोठामा नै निधन भएको उनीसंगै संगै बस्दै आएका साथीहरूले जानकारी दिएका छन । 

सन् २०२२ को जुलाईमा जापान आएका उनका साथीहरूका अनुसार अनुसार कोठामा रहेको ओफुरो (पानी जमाएर नुहाउने जापानी शैलिको भाँडो) मा जनवरी १ तारिख बिहान कटुवाल मृत भेटिएका थिए ।