(Japan) 4 th October | 2024 | Friday | 7:21:32 AM || (Nepal) 4:06:32 AM
 
 


ब्लड डोनर्स सोसाइटी नेपाललाई नेपाल कल्याण समाज जापानको साथ

  POSTED ON : Monday, 01 April, 2024 | Views : 1154

ब्लड डोनर्स सोसाइटी नेपाललाई नेपाल कल्याण समाज जापानको साथ


टोकियो, जापान ।

सामाजिक सेवामा सक्रिय सामाजिक सस्था ब्लड डोनर्स सोसाइटी नेपाल र जापानमा रहेका नेपालीहरुको सस्था नेपाल कल्याण समाज जापान बिच सामाजिक कार्यहरुमा सस्थागत सहकार्यका लागि सम्झौता भएको छ ।

मिति २०८० चैत्र १३ गते बसेको भर्चुअल बैठक मार्फत उक्त सम्झौता गरिएको हो । सम्झौतामा ब्लड डोनर्स सोसाइटी नेपालले नेपाल कल्याण समाज जापानलाई सस्थागत सदस्यता प्रदान गर्ने ,नेपाल समाज कल्याण जापानले सस्थाले ब्लड डोनर्स सोसाईटी नेपाललाई नगद ५०,००० रुपैयाँ सहयोग गर्ने ,नेपाल समाज कल्याण जापान सस्थाका उपाध्यक्ष विस्णु शर्माद्वारा ब्यक्तिगत ५०,००० रुपैयाँ सहयोग, ब्लड डोनर्स सोसाइटी नेपाल केन्द्रिय समितिको हरेक कार्यक्रमहरुमा नेपाल कल्याण समाज जापान सहकार्यमा रहने लगाएतका निर्णय भएको ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिएका छन् ।

बैठकमा नेपाल कल्याण समाज जापानका अध्यक्ष सुबर्ण भट्ट ,उपाध्यक्ष विष्णु शर्मा, महासचिव केशव सुवेदी, ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारी, वरिष्ठ उपाध्यक्ष हरि न्यौपाने, महासचिव अन्जन दवाडी, सल्लाहकार सदस्य वाल चन्द्र पोख्रेलको उपस्थित रहेको थियो ।