(Japan) 4 th October | 2024 | Friday | 8:04:47 AM || (Nepal) 4:49:47 AM
 
 


जनप्रगतिशील मंच जापानको अध्यक्षमा मोहन पौडेल, श्यामहरी पाण्डे वरिष्ठ उपाध्यक्ष

  POSTED ON : Monday, 29 January, 2024 | Views : 1544

जनप्रगतिशील मंच जापानको अध्यक्षमा मोहन पौडेल, श्यामहरी पाण्डे वरिष्ठ उपाध्यक्ष


टोकियो, जापान ।

सत्ताधारी नेकपा माओवादी केन्द्रको जापान भातृ संस्था नेपाली जनप्रगतिशील मंच जापानको अध्यक्षमा मोहन पौडेल चयन भएका छन् ।

टोकियोमा आईतबार सम्पन्न नवौं महाधिवेशन मार्फत दुई बर्षे कार्यकालका लागि लामो रस्साकस्सीपछि पौडेलको नेतृत्वमा सहमतीमा नयाँ नेतृत्व घोषणा गरिएको हो ।

नयाँ कार्यसमिति अन्तर्गत श्यामहरी पाण्डे वरिष्ठ उपाध्यक्ष चयन भएका छन् ।

कार्यसमितिमा आकांक्षि धेरै हुँदा उपाध्यक्षमा ८ जना लाई राखिएको छ । जसमा उपाध्यक्षहरु बाबुराम पौडेल, जनक सुवेदी, सिबू थापा, आरएच गौतम, श्रवण कुमार सत्याल, भुवन हुमागाईं, रामकृष्ण भण्डारी र रामप्रसाद गैरे गौरी शंकर रहेका छन् ।

महासचिव तर्फ दावा शेर्पाले बाजि मारेका छन् ।

उप महासचिवमा तीन जनालाई जिम्मेवारी दिईंदा अर्जुन अम्गाईं, डिलाराम निउरे र प्रमिला राई चुनिएकी छिन् ।

यसैगरि सचिवमा पनि आकांक्षिलाई मिलाउन ६ जना नियुक्त गरिएको छ । जसमा राज पुरी, गोपाल लामिछाने जिपि, जिबन पोखरेल, राकेश बिमली, बाल बिक्रम तिगेला र गोबिन्द प्रसाद पौडेल रहेका छन् ।

कोषाध्यक्षको जिम्मेवारी गौरी सापकोटाले पाउँदा सह कोषाध्यक्षमा ४ जना राखिएको छ । सह कोषाध्यक्ष तर्फ सालिग्राम मरहट्टा, भरत अर्याल, हरि बाबु तामागं र पवन अधिकारी रहेका छन् ।

सदस्य तर्फ गोकर्ण बर्तौला, राजेन्द्र देवकोटा, नवराज चापागाईं, शिखर चौलागाई, विष्णु कुमार आगंदेम्बे, अनुषा लुईंटेल, ज्ञानेन्द्र श्रेष्ठ, प्रकाश गैरे, हिरामणि राई, उद्दव पाण्डे र रामप्रसाद घिमिरेलाई राखिएको छ ।

यसैगरि युवराज बसेल, मनिष खनाल, गोबिन्द सिं, अनिल रावल, मंगल सुनार, ज्ञानम सिं तामागं र प्रकाश सापकोटा पनि सदस्यमा चयन भएका छन् ।

अर्जुन ढकाललाई लेखा, अनुशासन तथा अनुगमन आयोगको जिम्मेवारी दिइएको छ ।