(Japan) 13 th December | 2024 | Friday | 2:13:45 AM || (Nepal) 10:58:45 PM
 
 


नेसाजको २० औं अधिवेशन ओसाकामा हुँदै

  POSTED ON : Wednesday, 17 January, 2024 | Views : 866

नेसाजको २० औं अधिवेशन ओसाकामा हुँदै


ओसाका, जापान ।

नेपाल स्थायी घर भई हाल जापानमा अध्ययनको सिलसिलामा रहेका नेपाली बिद्यार्थीहरुको साझा संस्था नेपाली विद्यार्थी समाज (नेसाज) को २० औँ राष्ट्रिय अधिवेशन जनवरी २८ मा हुने भएको छ ।

नयाँ नेतृत्व चयन सहित संस्थालाई गतिशील दिनका लागि ओसाकाको तेन्नोजीमा रहेको कुमिनो सेन्टरमा आगामी जनवरी २८ तारिख अधिवेशन हुन लागेको संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भुषालले जानकारी दिनुभयो ।

नेसाजले जापानमा रहेको नेपाली राजदुतावास तथा एनआरएनए लगायत संघसस्थासँग समन्वय गर्दै समग्र नेपालका र नेपालीका लागि विभिन्न आपत बिवतमा सहयोग गर्दै आईरहेको र पछील्लो समय जापानमा नेपाली विद्यार्थीको संख्या दिनानुदिन वृद्धि हुदै गर्दा नेसाजले खेल्नु पर्ने भूमिका अझै बढेको भुषाल बताउँछन् ।

सन् १९९७ स्थापना कालदेखि नै नेसाजले निरन्तर नेपाली विद्यार्थीहरूको समस्या समाधानमा समन्वयकारि भूमिका खेल्दै, शैक्षिक सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम आदि मार्फत निरन्तर नेपाली विद्यार्थीहरू, नेपाल र नेपाली समाजलाई जोड्दै आएको भुषालले जानकारी दिनुभयो ।

संस्थाले हालसम्म नेपाली बिद्यार्थीहरुका हक अधिकार सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली बिद्यार्थीहरुमा भएका अन्तर्निहित प्रतिभा बाहिर ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको महासचिव सञ्जय कार्की बताउनुहुन्छ ।

जापानमा बिद्यार्थीका रुपमा अध्ययन पछी बिभिन्न पेसा ब्यवसायमा आवद्द हुनुभएका अग्रज एवम बिज्ञहरुको समेत उपस्थिती रहने अधिवेशनमा अग्रजको अनुभव सुन्दै आफ्नो भविश्य उज्वल बनाउने अवसर पनि भएकाले जापानमा रहनुभएका सम्पूर्ण नेपाली बिद्यार्थी हरुमा उत्साहजनक सहभागिताको लागि कार्यक्रम संयोजक बिकास अधिकारीले आग्रह समेत गर्नुभयो ।

साथै विधार्थीमा भएको प्रतिभा उजागर गर्नका लागि नाचगान, सन्देश मुलक गजल, कबिता वाचन लगायत साहित्यिक तथा मनोरञ्जनात्मक प्रस्तुती पस्कने विधार्थीलाई सम्मान पत्र सहित सम्मान गरिने भएकाले त्यस्ता प्रतिभा भएका विधार्थीले आयोजक लाई अग्रिम जानकारी गराई नाम टिपाउन समेत आग्रह गरिएको छ ।