(Japan) 12 th September | 2024 | Thursday | 12:31:22 AM || (Nepal) 9:16:22 PM
 
 


युक्रेनमा रुसी आक्रमणको समर्थन गर्दै किम जोङ उनले दिए पुटिनलाई साथ

  POSTED ON : Thursday, 20 June, 2024 | Views : 552

युक्रेनमा रुसी आक्रमणको समर्थन गर्दै किम जोङ उनले दिए पुटिनलाई साथ


एजेन्सी ।

उत्तर कोरियाली सर्वोच्च नेता किमजोङ उनले युक्रेनमाथि भएको रूसको आक्रमणमा समर्थन जनाएका छन् । उत्तर कोरियाको २४ वर्षपछिको बिरलै भएको भ्लादिमिर पुटिनको भ्रमणका क्रममा उनले रुसीसमकक्षिलाई युक्रेन माथिको आक्रमणमा समर्थन जनाउँदै साथ दिने वचन दिएका छन् ।


पुटिनले प्योग्ङयाङमा न्यानो स्वागत पाएका छन् । स्वागत समारोहपछि राष्ट्रपति पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिच वार्ता भएको थियो ।


रुसी समाचार एजेन्सीलाई उद्धृत गर्दै रोयटर्सले एक समाचारमा दुई नेताबिच करिब दुई घण्टा कुराकानी भएको बताएको छ । 


यस क्रममा किमले युक्रेनमा रुसी आक्रमणको समर्थन गरेको बताइएको छ । रुसी एजेन्सी इन्टरफ्याक्सको रिपोर्ट अनुसार किमले रुससँगको आफ्नो रणनीतिक सहयोगलाई अझ सुदृढ गर्न चाहेको बताएका छन् । पुटिन करिब २४ वर्षपछि उत्तर कोरिया भ्रमणमा गएका हुन ।


यसअघि उनी २००० मा पुटिनले उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यति बेला किमका पिता उत्तर कोरियाका सर्वोच्च नेता थिए । 


रुसी सञ्चारमाध्यम आरआईएका अनुसार दुई नेताले विस्तृत रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर गरेका छन् । पुटिनका सल्लाहकार युरी उशाकोभले मंगलबार रुसी सञ्चारमाध्यमलाई यसबारे जानकारी दिएका हुन् । तर सो सम्झौतामा के–के बुँदा समावेश छ भन्ने कुरा भने खुलाइएको छैन ।