एजेन्सी ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार र बुधबार उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । पुटिनको यो दुर्लभ यात्राले विश्वबाट एक्लो बनिरहेको उत्तर कोरियासँग रुसको हतियारको साझेदारी बढ्ने विश्लेषण गरिएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले गत सेप्टेम्बरमा रुसको सुदूर पूर्वको भ्रमणका क्रममा पुटिनलाई निमन्त्रणा दिएका थिए । पुटिनले पछिल्लो पटक जुलाई २००० मा प्योङयाङको भ्रमण गरेका थिए ।
'उत्तर कोरियाको राज्य मामिलाका अध्यक्ष, किम जोङ उनको निमन्त्रणामा, भ्लादिमिर पुटिनले जुन १८ र १९ मा लोकतान्त्रिक जनवादी गणतन्त्र कोरियाको मैत्रीपूर्ण राजकीय भ्रमण गर्नेछन्' क्रेमलिनले भनेको छ ।
पुटिनले जुन १९ र २० मा भियतनामको भ्रमण गर्ने क्रेमलिनले जनाएको छ । दुवै भ्रमणको अपेक्षा गरिएको थियो, यद्यपि मितिहरू पहिले घोषणा गरिएको थिएन।
रसिया र युक्रेनबिच युद्ध सुरु भएदेखि नै उत्तर कोरियासँगको आफ्नो सम्बन्धको पुनर्जागरणलाई रुसले प्राथमिकता दिइरहेको छ । जसले युरोप र एसियामा संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूबीच त्रास फैलाएको छ।
वासिङ्टनले उत्तर कोरियाले युक्रेनमा लड्न रुसलाई हतियार उपलब्ध गराएको बताए पनि प्योङयाङले बारम्बार यसलाई अस्वीकार गर्दै आएको छ ।
संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरूले जनवरीमा युक्रेनको एउटा सहरमा रुसबाट प्रहार गरेको कम्तिमा एउटा ब्यालेस्टिक मिसाइल उत्तर कोरियाले बनाएको निष्कर्ष निकालेका छन् । युक्रेनी अधिकारीहरूले उत्तर कोरियाले रुसलाई पठाएको करिब ५० वटा क्षेप्यास्त्रको गणना गरेको बताएका छन् ।
पुटिनलाई स्वागत गर्न इच्छुक देशहरूको सूची पहिले भन्दा छोटो छ, तर किम जोङ उनका लागि यो भ्रमण पश्चिमा देशहरु सहित जापान, दक्षिण कोरियाको कडा नाकाबन्दिमा एक बिजय उत्सव जस्तै हो ।
शिखर सम्मेलनले अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय व्यवस्थाको विरुद्धमा उभिएका देशहरू बीच उत्तर कोरियाको स्थितिलाई स्तरवृद्धि मात्र गर्दैन, यसले किमको घरेलु वैधतालाई पनि बलियो बनाउन मद्दत गर्ने देखिन्छ ।
दक्षिण कोरियाका उप विदेशमन्त्री किम होङ क्युनले शुक्रबार अमेरिकी उपविदेशमन्त्री कर्ट क्याम्पबेलसँग आपतकालीन फोन कलमा पुटिनको उत्तरको योजनाबद्ध भ्रमणबारे छलफल गरेको सियोलको विदेश मन्त्रालयले जनाएको छ ।
यो भ्रमणले प्योङयाङ र मस्कोबीच संयुक्त राष्ट्र संघको प्रस्तावको उल्लङ्घन गर्दै थप सैन्य सहयोग नहुने अपेक्षा र विश्वस दक्षिण कोरियाली मन्त्रालयले लिएको छ ।
रुसले उत्तर कोरियासँग सहकार्य गर्ने र आफूले रोजेको तरिकाले सम्बन्ध विकास गर्ने र कुनै पनि देशले के गर्ने भन्ने कुरा अमेरिकाले नभनेको बताएको छ ।