एजेन्सी ।
भारतको हरियाणा राज्य स्थित नुहमा गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको जलेर मृत्यु भएको छ ।
आगलागिमा अरू २० जना घाइते भएका छन् । आठ जनाको घटनास्थलमा र दुई जनाको अस्पतालमा ज्यान गएको इन्डियन मिडियाहरुले समाचार लेखेका छन ।
कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर दुर्घटना भएको हो । बसमा आगो लाग्नसाथ चालक भागेका र गाउँलेले बसको झ्यालका सिसा फुटाएर आफुहरुलाई बचाएका एक जना घाइतेले बताएका छन ।
बसमा झन्डै ६० जना थिए । ती सबै चण्डीगढ र पञ्जाबका बासिन्दा हुन् । बसमा आगजनी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।