एजेन्सी ।
आफ्नो स्वार्थ पुरा गर्न र विश्वलाई भ्रममा राख्न अमेरिकाले कस्तो नीति अपनाउँछ भन्ने पछिल्लो उदाहरण हो गाजा नरसंहार र विध्वंस । प्यालेस्टाइनलाई ध्वस्त बनाउन इजरायललाई अर्बौंको हतियार विक्रि र अनुदान दिइरहेका अमेरिकी राष्ट्रपति जो बाइडनले प्यालेस्टाइनीहरूले पीडा भोगिरहेको बताएका छन् ।
आफैंले दिएको हतियार र समर्थनकै कारण इजरायली सेनाले गाजामा ३५ हजार गाजावासीको चिहान बजाईसक्दा उनले गाजामा तुरुन्तै सहायता बढाउन आवश्यक रहेको बताएका छन् ।
गाजामा आपूर्ति हुने राहत बिचमै इजरायलीले लुटपाट र आपूर्ति बाटो बन्द गराउँदा खुलाउन कुनै पहल नगरेका बाइडेन प्रशासनले गाजा क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति गराउन समुन्द्री मार्ग भन्दै गाजा क्षेत्रमा अमेरिकी सैन्य क्याम्प खडा गराएका छन् ।
तत्कालको लागि सहायता सामग्री आपूर्तिको लागि भन्ने देखाउन अमेरिकाले समुद्री मार्गबाट गाजामा केहि राहत सामग्री समेत पुर्याएको छ । जबकी इजरायलले गाजा क्षेत्रमा आपूर्ति हुने सर्वसुलभ सडक मार्ग खुलाए अमेरिकाले कुनै पोर्ट खडा गर्न र अमेरिकी सेना गाजामा उपस्थित हुनै पर्दैन । तर अमेरिकाले सडक मार्ग खुलाउन इजरायललाई कुनै दबाव दिएको छैन भने भएका थोरै आपूर्ति पनि इजरायली सेनाको सुरक्षा घेरामा इजरायली आक्रमणकारिले तोडफोड र लुटपाट गरिरहेका प्रमाण सहितका भिडियोहरु विश्वभरका मिडियाहरुले प्रशारण गरिरहेका छन् ।
जो बाइडेनले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै अमेरिकी सहायता प्यालेस्टाइन पुगेको जिकिर गर्दै लेखेका छन् ुयो स्पष्ट छ कि प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन्। तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता छ । हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउन प्रयास गरिरहेका छौं ।
तर बाइडेन प्रशासनले इजरायललाई गाजामा आक्रमण गर्न हतियार दिएर सघाएर राहत बाँड्ने द्धैध चरित्र देखाएको भन्दै उनले पोष्ट गरेको स्थानमा हजारौंले बिरोध जनाएका छन् ।