(Japan) 15 th January | 2025 | Wednesday | 6:47:59 PM || (Nepal) 3:32:59 PM
 
 


स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, चिन्ताजनक अवस्थामा उपचार हुँदै

  POSTED ON : Thursday, 16 May, 2024 | Views : 820

स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, चिन्ताजनक अवस्थामा उपचार हुँदै


एजेन्सी ।

युरोपेली मुलुक स्लोभाकियाका प्रधानमन्त्री रोबेर्टो फीट्सो अन्धाधुन्ध गोली प्रहारबाट गम्भिर घाइते भएका छन । गोली प्रहारबाट घाइते भएका प्रधानमन्त्रिको चिन्ताजनक अवस्थामा उपचार प्रयास भइरहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


'गम्भीर अवस्था'मा उपचार भइरहेका प्रधानमन्त्रीमाथि हत्या प्रयासले गरिएको हमलाको रुपमा लिइएको छ । 


ह्यान्डलोभा शहरस्थित एउटा सामुदायिक सांस्कृतिक केन्द्रअगाडि उपस्थित मानिसहरूलाई अभिवादन गर्दै गर्दा फीट्सोमाथि गोली प्रहार गरिएको थियो।

विवरणहरूमा जनाइएअनुसार उक्त सांस्कृतिक केन्द्रमा एउटा सरकारी बैठक भएको थियो।


सुरक्षाकर्मीहरूले फीट्सोलाई नजिकै रहेको एउटा कारभित्र जानुअघि कम्तिमा ६ वटा गोली प्रहार गरिएको बताइएको छ । 


गोली प्रहारबाट गम्भिर घाइते भएका प्रधानमन्त्रीलाई अस्पताल पुर्‍याइएको छ भने आरोपित हमलाकारीलाई प्रहरीले पक्राउ गरेका छन्।

ह्यान्डलोभा स्लोभाक राजधानीदेखि करिब १८० किलोमिटर उत्तर-पूर्वमा पर्छ।

विवरणहरूमा जनाइएअनुसार फीट्सोको पाखुरा, पेट र खुट्टामा गोली लागेको छ।


केही प्रत्यक्षदर्शीका अनुसार प्रधानमन्त्रीको टाउको र छातीमा गोली लागेको देखिएको थियो।

प्रधानमन्त्रीका सुरक्षाकर्मीमध्ये तीन जनाले उनको उद्धार गरी कारभित्र लगेका थिए।

घटनालगत्तै प्रधानमन्त्री फीट्सोलाई हेलिकप्टरमार्फत्‌ उद्धार गरी नजिकैको अस्पतालमा पुर्‍याइएको थियो र पछि ह्यान्डलोभा शहरदेखि पूर्वमा पर्ने बान्स्का बिस्ट्रिस्टास्थित अर्को अस्पतालमा सारिएको छ ।