(Japan) 12 th September | 2024 | Thursday | 1:30:26 AM || (Nepal) 10:15:26 PM
 
 


सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको मृत्यु

  POSTED ON : Monday, 13 May, 2024 | Views : 654

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको मृत्यु


एजेन्सी ।

विश्वमै पहिलो पटक सुँगुरको मिर्गौला प्रत्यारोपण गराएका बिरामीको प्रत्यारोपण गरेको दुई महिनापछि निधन भएको छ ।

अमेरिकाको बोस्टन अस्पतालले विश्वमा पहिलो पटक गएको मार्चमा आनुवंशिकरूपमा परिमार्जित सुँगुरको मिर्गौला ६२ वर्षका स्लेम्यानमा सफलतापूर्वक प्रत्यारोपण गरेको थियो । उहाँ अन्तिम चरणको मिर्गौलाको रोगबाट पीडित हुनुहुन्थ्यो ।

जीन सम्पादित सुँगुरको मिर्गौला प्रत्यारोपणपछि केही समयका लागि उहाँलाई बचाउन सकिएको अस्पतालले जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि प्रयोग गरिने सुँगुरको मिर्गौला म्यासाच्युसेट्स बायोटेक कम्पनी इजेनेसिसले प्रदान गरेको थियो ।

प्रत्यारोपणअघि  हानिकारक सुँगुरको जीन हटाउन र केही मानव जीनलाई जोड्न यसलाई परिमार्जित गरिएको थियो । विश्वभर अङ्गको अभाव पुरानो समस्या रहेको एक अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार मार्चमा मिर्गौला प्रत्यारोपणका लागि एक हजार चार सयभन्दा बढी बिरामीको सूची रहेको थियो । स्लेम्यानमा सफलतापूर्वक सुँगुरको मिर्गौला प्रत्यारोपण भएपछि अरु बिरामी पनि प्रेरित भएका खबरमा उल्लेख छ ।