(Japan) 21 st February | 2024 | Wednesday | 8:28:07 PM || (Nepal) 5:13:07 PM
 
 


किशिदा भन्छन् : जापान-रुस सम्बन्ध 'अप्ठ्यारो' अवस्थामा

  POSTED ON : Thursday, 08 February, 2024 | Views : 192

किशिदा भन्छन् : जापान-रुस सम्बन्ध 'अप्ठ्यारो' अवस्थामा


टोकियो, जापान ।

प्रधानमन्त्री फुमियो किशिदाले बुधवार युक्रेन र मस्कोको युद्धको बीचमा जापानको रसियासँगको सम्बन्ध अहिले ूकठीनू अवस्थामा रहेको बताएका छन् । यद्यपी प्रधानमन्त्री किशिदाले क्षेत्रीय विवाद समाधान गर्न र शान्ति सन्धिमा हस्ताक्षर गर्न प्रयास जारी राख्ने वाचा गरेका छन् ।

टोकियोमा भएको वार्षिक र्‍यालीमा मस्को नियन्त्रित, टोकियोले दावी गर्दै आएको होक्काइदो नजिकका टापुहरू फिर्ताको माग गर्दै, किशिदाले रुसलाई भिसा रहित आदानप्रदान परियोजनाहरू पुनः सुरु गर्न आग्रह गरेका छन् । जुन टापुहरूका पूर्व जापानी बासिन्दाहरूलाई पारिवारिक चिहानहरूमा भ्रमण गर्न अनुमति दिन मागहरु समावेश गरिएको छ ।

'दुर्भाग्यवश, उत्तरी क्षेत्रको मुद्दा हल हुन सकेको छैन र शान्ति सन्धि भएको छैन' किशिदाले रुसमा दक्षिणी कुरिल्स भनेर चिनिने विवादित टापुहरूको जापानी नामलाई उल्लेख गर्दै कार्यक्रममा भनेका छन् ।

जापान र रुस सम्बन्धमा आदानप्रदान गतिविधिहरू पुनः सुरु गर्नु शीर्ष प्राथमिकताहरू मध्ये एक रहेको किशिदाले बताएका छन् ।

तत्कालीन सोभियत संघले अगस्ट १५, १९४५ मा दोस्रो विश्वयुद्धमा एसियाली राष्ट्रले आत्मसमर्पण गरेलगत्तै तत्कालीन सोभियत संघले चारवटा टापुहरू इतोरोफु, कुनासिरी, शिकोतान र हाबोमाई टापु समूहलाई नियन्त्रणमा लिएको थियो ।

लामो समयदेखि रहेको क्षेत्रीय विवादले जापान र रुसलाई युद्धपछिको शान्ति सन्धिमा हस्ताक्षर गर्नबाट रोकेको छ । टोकियोले युक्रेन रुस युटमा युक्रेनको पक्ष लिंदै मस्कोमाथि आर्थिक प्रतिबन्ध लगाएपछि टापुहरूका सम्बन्धमा दुई देशबिचको वार्ता स्थगित भएको छ ।