(Japan) 12 th September | 2024 | Thursday | 1:12:30 AM || (Nepal) 9:57:30 PM
 
 


बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर, अमेरिका बस्दै आएका राजकुमार ह्यारी बेलायत जाँदै

  POSTED ON : Tuesday, 06 February, 2024 | Views : 988

बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर, अमेरिका बस्दै आएका राजकुमार ह्यारी बेलायत जाँदै


एजेन्सी ।

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको छ ।  सोमबारदेखि उनको क्यान्सरको उपचार सुरु भएको बकिङ्घम दरबारले जनाएको छ । 

दरबारका अनुसार राजाको भर्खरै प्रोस्टेटको उपचारको क्रममा क्यान्सर पत्ता लागेको थियो । प्रोस्टेटको उपचारको क्रममा डायग्नोस्टिक परीक्षणहरूले क्यान्सर पहिचान गरेको हो ।


दरबारले राजालाई कस्तो प्रकारको क्यान्सर भएको बताएको छैन । 

यसैबिच अमेरिकामा बस्दै आएका राजकुमार ह्यारीले आफ्ना बुबासँग कुरा गरेका छन् । उनी केही दिनमा अमेरिकाबाट बेलायत जाने बताइएको छ । श्रीमती मेघन भने दुई छोराछोरीको साथ अमेरिकामा नै रहने भएकी छिन् ।


राजकुमार ह्यारी र मेघनसँग शाही परिवारका बाँकी सदस्यको सम्बन्ध तनावपूर्ण छ। राजकुमार ह्यारीको अन्तिम उपस्थिति शाही अवसरमा मे महिनामा राजाको राज्याभिषेकको समयमा भएको थियो।

राजकुमार ह्यारी र राजा चार्ल्सको मतभेद भएपनि राजाले ह्यारीलाई व्यक्तिगत रूपमा आफ्नो क्यान्सरको निदानको बारेमा बताउन पनि सम्पर्क गरेको जनाइएको छ । ७५ वर्षीय चार्ल्सलाई सार्वजनिक कामहरु स्थगित गर्न सल्लाह दिइएको छ । तर उनले राज्यको कर्तव्यहरू लिने र प्रधानमन्त्री ऋषि सुनकलाई साप्ताहिक रूपमा भेट्न भने जारी राख्नेछन् ।

उनको बाहिरी बिरामीका रूपमा उपचार भइरहेको छ भने सोमबार राति लन्डनमा घरमै राखिएको दरबारले बताएको छ ।