(Japan) 21 st February | 2024 | Wednesday | 8:20:40 PM || (Nepal) 5:05:40 PM
 
 


अमेरिकी ईशारामा युक्रेन ! आफ्नो सेना प्रमुख फेर्न अमेरिकाको अनुमति माग्दै

  POSTED ON : Monday, 05 February, 2024 | Views : 410

अमेरिकी ईशारामा युक्रेन ! आफ्नो सेना प्रमुख फेर्न अमेरिकाको अनुमति माग्दै


एजेन्सी ।

युक्रेनले सेना प्रमुख भ्यालेरी ज्यालुज्नीलाई हटाउने तयारी गरेको छ । तर विचित्रको कुरा त के भेन आफ्नो सेना प्रमुख फेर्न युक्रेनले अमेरिकाको अनुमति मागेको छ ।

हतियार खरिदमा सेनाले भ्रष्टाचार गरेको रिपोर्टहरू आउन थालेपछि सेना प्रमुख ज्यालुज्नी र राष्ट्रपति भोल्दोमिर जेलन्स्कीबीच टकराब बढेको थियो । तर ज्यालुज्नीलाई हटाउनु अघि जेलेन्स्कीले अमेरिकालाई जानकारी गराउँदै प्रक्रिया अघि बढाएको हो ।

ज्यालुज्नीलाई धेरै अगाडिदेखि नै सेना प्रमुखबाट हटाउनुपर्ने विषय उठेको थियो । तर अमेरिकाले असहमती जनाएपछि युक्रेनी राष्ट्रपतिले हटाउन नसकेको बताईंदै आएको थियो ।

अघिल्लो वर्ष रूसविरूद्ध आक्रमण गर्दा युक्रेनी भूमि रूसको नियन्त्रणबाट फिर्ता गर्न नसकेको भन्दै ज्यालुज्नीलाई हटाउनुपर्ने विषय उठेको थियो । 

पछिल्लो समय रूसविरूद्धको युद्धमा पाँच लाख सैनिक परिचालन गर्नुपर्ने ज्यालुज्नीको प्रस्तावमा राष्ट्रपति जेलन्स्की असहमत थिए । सेना प्रमुखसँग टकराब बढ्न थालेपछि उसलाई बर्खास्त गर्न लागिएकोबारे युक्रेनले अमेरिकालाई जानकारी दिएको हो ।

यसमा ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया नदिएको बताइएपनि आपत्ति नजनाएको बताइन्छ ।

तर, युक्रेनी अधिकारीहरूले ज्यालुज्नीलाई हटाउने प्रस्तावमा अमेरिका सहमत भएको दाबी गर्दै आफ्नै स्वाभिमानप्रति निर्लज्जता प्रस्तुत गरेका छन् ।

रूस युक्रेन युद्धमा अमेरिकाले युक्रेनलाई हतियार सहित आर्थिक सहयोग गर्दै आएको छ । बदलामा युक्रेनले अमेरिकाबाट अर्बौं डलरको हतियार किनिरहेको छ ।

तर पछिल्लो समय रिपब्लिकन सांसदहरूले युक्रेनलाई अमेरिकाले दिँदै आएको सहायता उच्च भएको तथा दुरुपयोग भएको भन्दै विचार गर्नुपर्ने बताउन थालेका छन् ।