(Japan) 15 th January | 2025 | Wednesday | 7:25:41 PM || (Nepal) 4:10:41 PM
 
 


अमेरिकी नीति-गाजामा युद्धबिराम हुन नदिने, इजरायललाई हतियार बेचिरहने

  POSTED ON : Sunday, 10 December, 2023 | Views : 740

अमेरिकी नीति-गाजामा युद्धबिराम हुन नदिने, इजरायललाई हतियार बेचिरहने


एजेन्सी ।

गाजा क्षेत्रका १८ हजार सर्वसाधारण नागरिक इजरायली सेनाको बमबारीमा मारिंदा राष्ट्रसंघले युद्धबिराम प्रस्ताव गर्दा पास हुनबाट रोकेको अमेरिकाले त्यहि इजरायललाई मान्छे मार्नका लागि भनेर १५ अर्ब बढिको हतियार दिने घोषणा गरेको छ ।

अमेरिकामा शुक्रबार युद्धबिराम प्रस्ताव पारित हुनबाट रोकेको अमेरिकाले शनिवार इजरायललाई १० करोड ६० लाख डलर अर्थात् १५ अर्ब भन्दा धेरै रकमको हतियार दिने प्रस्ताव पारित गरेको छ ।

अमेरिकी सरकारले इजरायललाई करिब १० करोड ६० लाख डलरको ट्याङ्की गोलाबारुदको आपतकालीन बिक्रीलाई स्वीकृत गरेको बताएको छ । प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले आफ्नो सैन्य कारबाही बढाइरहेको बेलामा दैनिक सयौं सर्वसाधारण नागरिक मारिइरहँदा अमेरिकी घोषणा आएको हो । अमेरिकी राज्य विभागले शनिबार हतियार बिक्रीको घोषणा गरेको हो ।

विभागले विदेशी सैन्य सामग्री बिक्रीको लागि कङ्ग्रेसले दिनुपर्ने अनुमतिलाई बाइपास गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले यस्तो स्विकृति दिएका हुन् । अमेरिकी सरकारका सचिव एन्टोनी ब्लिन्केनले इजरायललाई हतियार दिनु राष्ट्रिय सुरक्षा हितका कारण तत्काल बिक्री आवश्यक भएको तर्क गरेका छन् ।

राष्ट्रपति जो बाइडेन प्रशासनले इजरायललाई गाजामा सर्वसाधारणको सुरक्षा गर्न आग्रह गर्ने गरेपनि १८ हजार सर्वसाधारण बमबारी तथा इजरायली सेनाको रकेट आक्रमणमा मारिइसक्दा समेत अमेरिकाले हतियार, अनुदान रकम सहयोग गरिरहेको छ ।

बाइडेनकै पार्टि डेमोक्र्याटिक पार्टीका केही राजनीतिज्ञहरूले इजरायललाई हतियार बिक्रीको थप छानबिन गर्न आह्वान गरिरहँदा बाइडेनले घुमाउरो गरि गाजा क्षेत्रमा मान्छे मार्नका लागि इजरायललाई घातक हतियार विक्रिको घोषणा गरेका छन् ।