(Japan) 19 th May | 2024 | Sunday | 10:33:02 PM || (Nepal) 7:18:02 PM
 
 


एक नेपाली महिलाको शव सुटकेशभित्र फेला, दुई मानव तस्कर पक्राउ

  POSTED ON : Sunday, 17 September, 2023 | Views : 7436

एक नेपाली महिलाको शव सुटकेशभित्र फेला, दुई मानव तस्कर पक्राउ


जयपुर, भारत । 

भारतको जयपुरमा सुटकेस भित्र एक नेपाली महिलाको फेला गरेको छ।  मानव तस्करले ती महिलाको हत्या गरेर फालेको चित्रकुट प्रहरीले जनाएको छ। 

भारतीय सञ्चारमाध्यम पीटीआइका अनुसार बिहीबार ३ सय फिट गहिरो खोँचमा ३० वर्षीय ती महिलाको शव फेला परेको थियो। लक्ष्मी नाम गरेकी उनलाई ४ महिना अघि दिल्लीबाट त्यहाँ लगिएको बताइएको छ।

चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिएका छन्।  प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा ३५ वर्षीय सपना मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन्। दुवै जना पश्चिम बङ्गालका हुन्। सपना वेश्यावृत्तिमा संलग्न रहेको बताइएको छ। उनले विभिन्न स्थानबाट महिलालाई ल्याएर होटलमा राख्ने र जबर्जस्ती यौन धन्धामा लगाउने गरेको प्रहरीको भनाइ छ।​

स्वपनले नै नेपाली महिलालाई ४ महिनाअघि दिल्लीबाट ल्याएर पहिले होटेलमा राखेको र पछि एउटा फ्ल्याटमा राखेको अनुसन्धानबाट खुलेको छ। 

प्रहरीका अनुसार केही दिनअघि मृतक र सपनाबीच विवाद भएको थियो। विवादकै क्रममा महिलाको हत्या गरेर उनको शव नाहरगढको पहाडमा गाडिएको अवस्थामा फेला परेको हो ।