एजेन्सी ।
भारतको ओडिशामा रेल दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ सय नजिक पुगेको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना भएको र शनिवार मध्यान्ह सम्ममा निधन पुष्टि भएकाको संख्या २८० नाघेको छ । अझै दर्जनौंको अवस्था चिन्ताजनक रहेकाले ज्यान गुमाउनेको संख्या बढ्ने अधिकारिहरुले बताएका छन ।
यात्रु बाहक रेल र मालबाहक रेलहरू भारतीय समयानुसार शुक्रवार साँझ ७ बजे एकआपसमा ठोकिँदा अझै ९०० बढि मानिस घाइते भएको बताइएको छ । दुर्घटना स्थलमा अहिले पनि उद्धार कार्य जारी छ ।
मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । भारतीय रेलवेका अनुसार कोरोमण्डल एक्सप्रेस र हावडा सुपरफास्ट एक्सप्रेस एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएको हो ।
दुर्घटनापछि यस रुटबाट चल्ने नियमित रेलको यात्रा रद्द गरिएको छ भने धेरै रेलहरू डाइभर्ट गरिएको छ ।