(Japan) 3 rd October | 2023 | Tuesday | 6:53:27 AM || (Nepal) 3:38:27 AM
 
 


रेल दुर्घटनामा इण्डियामा २३३ जनाको ज्यान गयो

  POSTED ON : Saturday, 03 June, 2023 | Views : 1452

रेल दुर्घटनामा इण्डियामा २३३ जनाको ज्यान गयो


एजेन्सी ।

इण्डियाको ओडिसास्थित बालासोर जिल्लामा कोरोमण्डल एक्सप्रेस रेल दुर्घटना हुँदा २०० भन्दा धेरैको ज्यान गएको छ। दुर्घटनामा झन्डै १ हजार जना घाइते भएका छन् । घाइते मध्ये अन्य दर्जनौको अवस्था गम्भिर रहेको छ ।


बालासोर नजिकै बहनगा बजार स्टेशन नजिकै उक्त रेल दुर्घटना भएको हो। चेन्नईबाट हावडा जाँदै गरेको कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएको बताइन्छ ।

दुर्घटनास्थल निरीक्षण गर्ने क्रममा केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले मृतकका आफन्तलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। गम्भीर घाइतेलाई दुई लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ दिने पनि उनले उल्लेख गरेका छन्।

ओडिसाका मुख्य सचिव प्रदीप जेनाले रेल दुर्घटनामा घाइते भएका १३२ यात्रुलाई गोपालपुरको अस्पतालमा भर्ना गरिएको जानकारी दिए। यसबाहेक ४७ घाइतेलाई बालासोरको मेडिकल कलेजमा भर्ना गरिएको छ।