टेक्सास, अमेरिका ।
अमेरिकाको टेक्सासमा आफ्नै घरमा मृत भेटिएको भनिएका कृष्ण प्रसाद लामिछानेको मृत्यु शंकास्पद देखिएको छ । घरमा मृत भेटिएको दुई दिन पछि लामिछानेमाथि आफ्नै श्रीमती, छोरि लगायतबाट चर्को हिंसा भएको दर्दनाक फोटो र भिडियो सार्वजनिक भएको छ ।
असामान्य मृत्यु भएको बताइएका लामिछानेको शवको अमेरिकी प्रहरीले पोष्टमार्टम सहित अनुसन्धान गरिरहेको छ । लामिछाने टेक्सास स्थित आफ्नै घरमा आत्महत्या गरिएको अवस्थामा भेटिएको श्रीमती र छोरिले बताएपनि अहिलेसम्म स्थानिय नेपालीहरु सहित अमेरिकामा रहेका संघसंस्थाका प्रतिनिधिहरुले पत्याउन सकेका छैनन् ।
लामिछाने पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा पराजित भएका थिए । उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सकृय थिए । टेक्ससमा व्यवसाय गर्दै आएका उनी सक्रिय सामाजिक अभियन्ताका रुपमा परिचित थिए ।
श्रीमतीद्धारानै घरेलु हिंसा गरिएको भयानक अडियो भिडियो र तस्वीर सार्वजनिक
अहिले सामाजिक सञ्जालमा फोन रेकर्डको एउटा अडियो क्लीप सार्वजनिक भइरहेको छ, जुन अमेरिकामा हालै निधन भएका कृष्ण प्रसाद लामिछानेमाथि परिवारबाटै भएको घरेलु हिंसासँग सम्बन्धित भएको देखिन्छ । उक्त अडियोमा भएका आवाज कसकसका हुन् भन्नेबारे स्वतन्त्र ढंगले पुष्टी हुनसकेको छैन । तर उक्त क्लीप लामिछानेको निधनसँग जोडिएको र त्यसमा निधन भएका व्यक्ति, उनको श्रीमती र छोरीको भएको आवाजले स्पष्ट संकेत गरेको छ ।
अडियोको सुरुमा एकजना महिला अत्यन्तै आक्रोशित मुद्रामा फोनमा बोलेको जस्तो सुनिन्छ जो लामिछानेको श्रीमतीको भएको आवाजबाटै प्रष्ट चिनिन्छ । जसमा उनले आफ्ना श्रीमानलाई अर्की महिलासँग सम्बन्ध रहेको आरोप लगाएकी छिन् । फोनमा एकातिर ती महिलाको परिवारका तीनजना अर्कोतिर पुरुषका भाई भनिने व्यक्ति रहेको जस्तो सुनिन्छ ।
महिला सुरुमा लगातार आक्रोशित मुद्रामा बोलिरहेकी छिन् – ‘किन नबोलेको भाईको अगाडिरु किन अँ अँ गरेको रु भन्दिनु पर्यो नि त भाईलाई के हो रु हो कि होइन भनेर ?’
त्यसपछि अर्कोतिर रहेका भाई भनेर सम्बोधन गरिएका व्यक्ति बोल्छन् – ‘सुन्नु न भाउजु । सँधै पिटेरमात्र समस्याको समाधान त नहोला नि त फेरि ।’
‘आमाले त मार्नुपर्ने हो त्यसो गरेपछि ।’ – ती महिलाको छोरीजस्तो भावमा अर्की महिलाको आवाज सुनिन्छ ।
त्यसपछि ती महिला पुन जंगिन्छन् – ‘चिरेर नुन खुर्सानी हाल्नुपर्ने हो । मेरो १८ बर्षको कमाई एक सुका छैन मसँग ।’
‘हुन्छ नुन खुर्सानी हाल्दिनु न त । चिरेर हाल्दिनु ।’ – फोनमा अर्कोतिर रहेका पुरुष पनि अलिक आक्रोशित मुद्रामा बोल्छन् ।
‘यसलाई नुन खुर्सानी हालेर झुण्डाउनुपर्ने हो ।’ – ती महिला बोल्छिन् ।
अर्कोतिर फोनमा रहेका पुरुष बोल्छन् – ‘ल झुण्डाइदिनुस् । घरमा झुण्डाइदिनुस् ल ।’
महिला त्यसपछि घरमा रहेका आफ्ना श्रीमानसँग झगढा वा कुटपिट गर्न थाल्छिन् – ‘यत्रो बर्ष मलाई मारिस् नि त ।’
त्यसपछि महिलाका श्रीमान जस्तो सुनिने पुरुष पीडा मिसिएको आक्रोशमा बोल्छन् – ‘किल मी । मलाई एनी टाइम एनी थोक हुनसक्छ । कसैलाई दोष न दे । मेरो ‘दोष हुन्छ ओके ।’
त्यसपछि दुबै महिलाले ‘कसरी भन्न सकेको’ भनिरहेका छन् ।
महिलाले ‘झुठ, अपराधी, पापी, मेरै कसम खाएर‘।’ भन्दै गर्दा त्यसपछि अडियोमा फेरि पुरुषमाथि कुटपिट भएजस्तो सुनिन्छ ।
‘आइ एम गोइंग । मलाई कही जान पनि दिएको छैन‘’ पुरुष आवाज सुनिन्छ ।
त्यसपछि त्यहाँ एकले अर्कालाई रोक्न बल प्रयोग भएको जस्तो सुनिन्छ । यत्तिकैमा फोन काटिन्छ ।
सामाजिक सञ्जालहरुमा हाल भाइरल रहेका अडियोमा रहेका आवाजहरु कसकसका हुन् भन्नेबारे स्वतन्त्र पुष्टी भइसकेको छैन । यो कति समय अगाडिको हो भन्नेबारे पनि केही पुष्टी भएको छैन । अडियो झण्डै १ मिनेट १५ सेकेण्डको रहेको छ ।
यसैबीच उक्त अडियोमा बोलेको भनेर दावी गरिएका महिलाका श्रीमानको घाउचोट सहितका केही तस्वीरहरु पनि सार्वजनिक भएका छन् । ती तस्वीरमा शरीरका विभिन्न भागमा निलडामहरु रहेका छन् । आँखाको वरपर, पाखुरा र पिठ्यु लगायतका भागमा चोटहरु देखिएका छन् । तर ती चोटहरु कसरी लागेको हो भन्ने पनि पुष्टी भइसकेको छैन । साथै ती तस्वीरहरु कहिलेका हुन् भन्नेबारे पनि पुष्टी भएको छैन ।
घरेलु हिंसा एक गम्भीर मुद्दा हो, र घरेलु हिंसा पीडितहरूले सकेसम्म चाँडो मद्दत र समर्थन खोज्नुपर्छ । घरेलु हिंसाका पीडितहरूलाई मद्दत गर्न अमेरिका, नेपाल, जापान सहित विश्वभर नै सरकार तथा स्थानिय सरकारहरुले विभिन्न हटलाइनहरू सहयोग गर्न संयन्त्रहरु बनाएका हुन्छन् । त्यसैले समयमै यस्ता पुरुष वा महिला हिंसाका घटनामा प्रहरी प्रशासनको सहयोग लिगौं ।