सिड्नी, अस्ट्रेलिया ।
अस्ट्रेलियाको सिड्नीस्थित वृद्ध हेरचाह केन्द्रमा कार्यरत नेपाली नर्सिङ सहायक युवतिले वृद्ध बिरामीहरूलाई थप्पड हान्नुका साथै घकेलेर दुर्व्यवहार गरेपछि पक्राउ परेकि छिन् ।
वृद्ध हेरचाह गृहमा कार्यरत अस्मिता पाण्डे सो गलत कार्यमा संलग्न रहेको स्थानिय नाइनन्युज डटकमले जनाएको छ । उनले आफ्नो गल्ती स्वीकार गरेको समाचारमा जनाइएको छ ।
इपिङस्थित एस्टिया हेल्थमा कार्यरत उनी नेपालबाट वर्किङ भिसामा अस्ट्रेलिया पुगेकी थिइन् ।
उनलाई सन् २०२२ को अन्त्यतिर उनका सहकर्मीहरूले गलत कार्यमा संलग्न रहेको भनि रिपोर्ट गरेपछि पक्राउ परेकी थिइन् । उनले दुर्व्यवहार गरेकीमध्ये एक ९५ वर्षीया वृद्ध समेत रहेको समाचारमा जनाइएको छ। ती वृद्ध डिमेन्सिया रोगबाट ग्रस्त थिइन् ।
अदालतमा सोमबार पाण्डेले आफ्नो गल्ती स्वीकार गरेसँगै एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सीन बिल्टनले विज्ञप्तिमार्फत माफी मागेका छन् ।
अहिले गर्भवती भएकी पाण्डेलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ भने उनीविरुद्ध आगामी मार्चमा सजाय सुनाइनेछ ।