(Japan) 26 th March | 2023 | Sunday | 2:57:01 PM || (Nepal) 11:42:01 AM
 
 

चीनले दुई सातापछि जापानीलाई भिसा दिन थाल्यो

  POSTED ON : Monday, 30 January, 2023 | Views : 198

चीनले दुई सातापछि जापानीलाई भिसा दिन थाल्यो


टोकियो, जापान ।

चीनले जापानी नागरिकहरुलाई बन्द गरिदिएको भिसा फेरि दिन थालेको छ । 

आइतबारदेखि जापानबाट आउने आगन्तुकका लागि भिसा जारी हुन थालेको चिनियाँ दुतावासले जनाएको छ । । टोकियोस्थित चिनियाँ दूताबासले भिसा दिन थालेको घोषणा गरेको हो ।

भिसा जारी किन बन्द गरिएको हो भन्ने नखुलाइकन नै दूताबासले आफ्नो वेबसाइटमा भिसा पुनः जारीबारे घोषणा गरेको छ ।

चीनले जनवरी १० मा जापान, कोरियालगायत केही देशको लागि भिसा जारी बन्द गरेको थियो । मुख्यभूमि चीनमा कोभिडको संक्रमण विष्फोटक रुपमा बढिरहेकै समयमा त्यहााँबाट आउने यात्रीहरुमाथि सीमा प्रतिबन्ध कसिलो पारेपछि सोको प्रतिकारमा चीनले भिसा जारी बन्द गरेको थियो । जापान सरकारले बारम्बार सो निर्णय सच्याउन अनुरोध गर्दैै आएको थियो ।

जापानले चिनियाँ नागरिकहरुलाई भिसा जारी बन्द नगरेको अनि चीनको सो कदम पारस्परिक नभएको जापान सरकारको भनाई थियो । जापानी यात्रीको लागि भिसा खुलाइएको भएपनि दक्षिण कोरियाली यात्रीको लागि यस्तो कुनै घोषणा भएको छेन । शुक्रबार कोरियाली सरकारले फेब्रुवरीको अन्त्यसम्म चिनियाँ यात्रीको लागि भिसा प्रतिबन्ध लम्ब्याउने बताएको थियो ।