एजेन्सी, टोकियो ।
चीनको सेनाले ताइवान नजिक अहिलेसम्मकै ठूलो सैन्य अभ्यास जारी राखेको छ ।
चीनको सेनाले सोमबार पनि ताइवान नजिक समुद्री र हवाई अभ्यास जारी राखेको जनाएको छ ।
अमेरिकी संसदको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि बिहीबारदेखि चीनको व्यापक सैन्य अभ्यास जारी छ ।
चीनले यसअघि यी अभ्यास आइतबारसम्म जारी रहने बताएको थियो ।
ताइवान नजिकै चीनको सैन्य अभ्यासको अर्थ के हो ?
ताइवान नजिकैको चीनको सैन्य अभ्यासले जबरजस्ती ताइवानलाई चीनमा समाहित गर्ने निर्णय गरेको खण्डमा ताइवानले कसरी अगाडि बढ्ने तरिकाहरू जाँच्ने उद्देश्य रहेको संकेत गर्छ ।
पूर्वी चीन सागरको इन्चार्ज इस्टर्न थिएटर कमाण्डले लडाकु र बमवर्षक विमानको भिडियो सार्वजनिक गरेको छ । भिडियोहरू आइतवारको अभ्यासको हो जसमा आकाशमा लामो दूरीको क्षेप्यास्त्र परीक्षण र जमिनमा स्ट्राइक अभ्यास गरिएको थियो ।
नेशनल डिफेन्स युनिभर्सिटीका प्रोफेसर मेङ सियाङकिङले भने कि यी अभ्यासहरू अभूतपूर्व रूपमा ताइवानको धेरै नजिक गरिँदै छन् ।
उनले भने कि सेनाले ताइवानलाई घेरेर कुनै पनि विदेशी शक्तिलाई यस क्षेत्रमा प्रवेश गर्नबाट रोक्न आफ्नो रणनीतिक क्षमतालाई पुन पुष्टि गरेको छ । उनले सैन्य अभ्यासले चीनमा ताइवानको एकीकरणका लागि अनुकूल परिस्थिति र रणनीतिक लाभ भएको बताए ।
केही चिनियाँ विमानहरू र जहाजहरूले पनि चिनियाँ र ताइवान सेनाहरू बीचको अप्रत्याशित टकरावलाई रोक्नको उद्देश्यले तोकिएको क्षेत्राधिकार विभाजन गर्ने अनौपचारिक मध्य रेखा समेत पार गरेको छ । भर्खरै चिनियाँ अधिकारीहरूले ताइवानमाथि दबाब बढाउने रणनीतिको रूपमा यो लाइनलाई अमान्य भएको बताईदिएका छन् ।
चिनियाँ सेनाको विसाल युद्ध अभ्यास र चिनियाँ सरकारका कडा अभिव्यक्तिले कुनैपनि बेला ताईवानले आफुलाई स्वतन्त्र राष्ट्र घोषणा गर्ने संकेत गरेमा चीनले सैन्य हस्तक्षेप गरेर नियन्त्रणमा लिन सक्छ भन्ने स्पष्ट सन्देश ताईपेई र उसलाई साथ तथा उक्साहट गर्दै आएको अमेरिका सहित केही पश्चिमा देशहरुलाई दिएको छ ।