एजेन्सी ।
ताइवानको रक्षा मन्त्रालयले चिनियाँ सेनाले ताइवानको मुख्य भूमिमा आक्रमणको अवस्था सिर्जना गरी अभ्यास गरेको जनाएको छ ।
मन्त्रालयले शनिबार चिनियाँ सैन्य विमान र जहाजहरूले ताइवान स्ट्रेट र वरपर अभ्यासहरू गरेको, जसमा उनीहरूले मध्यरेखा पनि पार गरेका छन् ।
मन्त्रालयका अनुसार यसको सशस्त्र सेनाले चेतावनी संकेतहरू पठाएर अभ्यासको अनुगमन गर्नका लागि आफ्ना विमान र जहाजहरू पठाएको छ, साथै भूमिमा आधारित क्षेप्यास्त्रहरू तयार राखेको छ । तर ताईवानले आफ्नो भूमिमाथि चिनियाँ सेनाको लडाकु बिमानको अभ्यास र सिमा क्षेत्र नजिक रहेको चिनियाँ युद्धपोत हटेनहटेको केही उल्लेख गरेको छैन ।
मिडलाइनले चिनियाँ र ताइवानी सेनाहरू बीचको आकस्मिक झडपहरू रोक्नको लागि अनौपचारिक प्रतिरोध क्षेत्रको रूपमा काम गर्दछ ।
तर पछिल्लो समय चिनियाँ अधिकारीहरूले आफूले उक्त रेखा स्विकार नगरेको बताएका छन् ।
ताइवानको रक्षा मन्त्रालयले बुधबारदेखि हरेक दिन चिनियाँ सेनाले यो रेखा पार गरेर युद्ध अभ्यास गरिरहेको जनाएको छ ।
अमेरिकी संसदकी सभामुख न्यान्सि प्यालोसीको ताईवान भ्रमणपछि चीन सरकारले आफ्नो अभिन्न अंग रहेको बताउने ताईवानमाथि अमेरिकी हस्तक्षेपको रुपमा लिएर अहिलेसम्मकै ठूलो सैन्य अभ्यास गरिरहेको छ ।