(Japan) 10 th August | 2022 | Wednesday | 8:32:04 PM || (Nepal) 5:17:04 PM
 
 

अमेरिका एक कदम पछि हट्यो ! चीनसँगको तनाव घटाऊन अमेरिकाद्वारा मिसाइल परीक्षण स्थगित

द गार्डियन   POSTED ON : Sunday, 07 August, 2022 | Views : 412

अमेरिका एक कदम पछि हट्यो ! चीनसँगको तनाव घटाऊन अमेरिकाद्वारा मिसाइल परीक्षण स्थगित


एजेन्सी ।

अमेरिकाले नियमित अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण स्थगित गरेको छ । 

ताइवान नजिकै चीनले शक्ति प्रदर्शन गरिरहेका बेला बेइजिङसँग थप तनाव बढ्न नदिन बाइडेन प्रशासनले एयर फोर्स मिनेटम्यान आईआईआई अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको नियमित परीक्षण स्थगित गरको वाल स्ट्रिट जर्नलले जनाएको छ ।

अमेरिकी अधिकारीहरूले यो परीक्षण कति समयसम्म स्थगन हुन्छ भन्ने बारेमा बताएका छैनन्, तर एक अधिकारीका अनुसार यो अवधि १० दिनसम्म रहन सक्ने रिपोर्टमा जनाइएको छ । 

वायुसेनाले क्यालिफोर्नियाको भान्डेनबर्ग बेसबाट परीक्षण प्रक्षेपण गर्ने योजना बनाएको थियो । 

अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम)को विश्वसनीयता परीक्षण गर्न सामान्यतया वर्षमा केही पटक परीक्षण गरिन्छ । 

“यो एक लामो योजनाबद्ध परीक्षण हो तर ताइवान वरिपरि पीआरसी (जनगणतन्त्र चीन)को कार्यहरूलाई लिएर कुनै पनि गलतफहमी हटाउन यो स्थगित गरिएको छ,” एक रक्षा अधिकारीले वाल स्ट्रिट जर्नललाई भने । 

मस्कोले युक्रेनमा आक्रमण गरेपछि रुससँगको बढ्दो तनावबाट बच्न मार्चमा पेन्टागनले मिनेटम्यान आईआईआई मिसाइलको उडान परीक्षण रद्द गरको थियो ।