(Japan) 10 th August | 2022 | Wednesday | 7:22:38 PM || (Nepal) 4:07:38 PM
 
 

एशियन क्षेत्रको बैठकमा जापानले बोल्दा चीन र रसियाले बहिस्कार गरे

  POSTED ON : Friday, 05 August, 2022 | Views : 746

एशियन क्षेत्रको बैठकमा जापानले बोल्दा चीन र रसियाले बहिस्कार गरे


एजेन्सी ।

चीन र रुसका विदेश मन्त्रीहरूले शुक्रबार नोम पेन्हमा भएको दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको बैठकमा जापानी समकक्षीले बोल्ने पालो आएपछि बाहिर निस्केर जापानी बिदेश मन्त्रीको सम्बोधनलाई बहिस्कार गरिदिएका छन् ।

अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण र युक्रेनमा मस्कोको आक्रमणको निन्दाको जवाफमा सुरु भएको बेइजिङको सैन्य अभ्यासको जापानले आलोचना गरेकोमा चीनका वाङ यी र रुसका सर्गेई लाभरोभले आफ्नो सिट छोडेर बाहिरिंदै जापान बिरुद्ध एकजुट रहेको सन्देश दिएका छन् ।

वाङ, लाभरोभ र जापानी विदेशमन्त्री योशिमासा हयासी १८ सदस्यीय पूर्वी एसिया शिखर सम्मेलनको विदेश मन्त्रीस्तरीय सत्रमा सहभागी भएका थिए ।