(Japan) 10 th August | 2022 | Wednesday | 7:31:57 PM || (Nepal) 4:16:57 PM
 
 

ताईवानमा ताण्डव मच्चाएर पेलोसी जापान आइपुगिन्

  POSTED ON : Friday, 05 August, 2022 | Views : 722

ताईवानमा ताण्डव मच्चाएर पेलोसी जापान आइपुगिन्


टोकियो, जापान ।

आफ्नो भ्रमणका कारण चीनले सैनिक आक्रमण गर्न सक्ने भय उत्पन्न गराउँदै चिनियाँ सेनाले अभ्यासको नाममा ताइवानलाई घेरिरहँदा अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी आफ्नो एसिया भ्रमणको अन्तिम चरणमा बिहीबार जापान आइपुगेकी छिन् ।

विवादास्पद ताइवान भ्रमणपछि दक्षिण कोरियाबाट पेलोसी बोकेको विमान राति करिब ९ः५० बजे टोकियोको योकोता एयरबेसमा अवतरण भएको थियो ।

पेलोसीले जापानको तल्लो सदनका सभामुख होसोदा हिरोयुकी र अन्य अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम छ ।

आफ्नो भ्रमणको सुरुमा पेलोसी २५ वर्षमा ताइवान भ्रमण गर्ने पहिलो अमेरिकी सभामुख बनेकी छिन् । उनले बुधवार ताइवानका राष्ट्रपति साइ इङ वेनसँग वार्ता गरेकी थिईन् ।

त्यहाँ पेलोसीको भ्रमणले बेइजिङबाट क्रोधित प्रतिक्रियाहरू उत्पन्न गराएको छ । ताइवान चीनको अविभाज्य अँग रहेको बताउँदै संयुक्त राष्ट्रसंघले समेत एक चीन नीतिमा अडिग रहेको बताएको छ ।

उनको भ्रमणपछि चीनले ताइवानमाथि सैन्य र आर्थिक दबाब बढाएको छ । चीनले बिहीबारदेखि ताइवान वरपरका क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास गरिरहेको छ ।