एजेन्सी ।
अफगानिस्तान बुधवार बिहान गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या झण्डै ३ सय पुगेको छ ।
अफगान सरकारकार नियन्त्रित बाख्तरले दक्षिण पूर्वी खोस्ट शहर केन्द्र भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । जसमा पाक्तिका प्रान्तमा मात्र १५५ जना भन्दा बढिको ज्यान गएको छ ।
५१ किलोमिटर गहिराइ केन्द्र भएर गएको भूकम्पबाट अफगानिस्तान सहित पाकिस्तान र इण्डियामा गरि कुल ११ करोड ९० लाख व्यक्ति प्रभावित भएको पाकिस्तानी समाचार संस्था डाउनले उल्लेख गरेको छ ।
बिबिसिले सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूमा घाइतेहरू देखिएको र तस्विरहरु पाक्तिका प्रान्तको भएको बताएको छ ।
दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरदेखि करिब ४४ किलोमिटर टाढा भूकम्पले केन्द्रबिन्दु बनाएको जनाइएको छ ।
तालिबान प्रशासनको प्राकृतिक प्रकोप मन्त्रालयका प्रमुख मोहम्मद नसिम हक्कानीले थप अनुसन्धान पूरा गरेपछि अद्यावधिक उपलब्ध गराउने तर त्यहाँ हताहत भएको खवरहरु आइरहेको बताएका छन् ।
बख्तर समाचार एजेन्सीले पनि उद्धारकर्ताहरू हेलिकप्टरबाट आइपुगेको बताएको छ ।