(Japan) 3 rd July | 2022 | Sunday | 4:58:50 AM || (Nepal) 1:43:50 AM
 
 

दक्षिण कोरियाले जुनबाट पर्यटक भिसा जारी पुन सुरु गर्ने

  POSTED ON : Friday, 20 May, 2022 | Views : 424

दक्षिण कोरियाले जुनबाट पर्यटक भिसा जारी पुन सुरु गर्ने


सियोल, कोरिया ।

दक्षिण कोरियाले कोरोना भाइरस महामारीका कारण निलम्बन गरेको बिदेशी पर्यटकका लागि छोदो अवधिको यात्रा भिषा अर्को महिना जारी गर्ने घोषणा गरेको छ ।

न्याय मन्त्रालयले भ्रमण, भेटघाट र अन्य प्रयोजनका लागि जुन १ बाट भिसा जारी गर्न पुनः सुरु गर्ने घोषणा गरेको हो ।

भिसा बाहकहरुलाई ९० दिन सम्म देशभित्र बस्न अनुमति दिइने भएको छ ।

दक्षिण कोरियाली सरकारले अप्रिल २०२० मा पर्यटक भिसा दिन निलम्बन गरेको थियो । त्यसपछि सोलले व्यापार, लगानी र मानवीय उद्देश्यका लागि देश भ्रमण गर्नेहरूलाई छोटो अवधिको भिसा जारी गर्न सीमित गरेको छ ।

पछिल्लो कदम दक्षिण कोरियामा नयाँ कोरोना भाइरस मामिलाहरूको दैनिक गणना करीव ३० हजार वा सर्वाधिक संक्रमण २० भागको एक भागमा झरेपछि चालिएको हो ।

विदेशी पर्यटक भित्र्याउँदा सम्बन्धित उद्योगको पुनरुत्थान र थप रोजगारी सृजना हुने अपेक्षा मन्त्रालयका अधिकारीहरूले व्यक्त गरेका छन् ।

टोकियोको हानेदा विमानस्थल र सियोलको गिम्पो विमानस्थलबीच नियमित उडान सुचारु गर्न जापान र दक्षिण कोरियाबीच वार्ता भइरहेको छ ।

यस कदमले थप जापानीहरूलाई दक्षिण कोरिया भ्रमण गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

देशमा अब विदेशबाट आएका आगन्तुकहरूले प्रवेश गरेको एक दिन भित्र पीसीआर परीक्षण गर्नुपर्नेछ । अर्को महिनाबाट आइपुगेको तीन दिनपछि क्वारिन्टिन नियम हटाइने भएको छ ।