बेइजिङ, क्योदो ।
उत्तर कोरियाले आइतबार देशव्यापी लकडाउनका बिचमा २९६,००० भन्दा बढी मानिसहरूमा ज्वरोको लक्षण देखिन थालेको बताएको छ ।
राज्य सञ्चालित कोरियन सेन्ट्रल न्यूज एजेन्सीले शुक्रबार साँझदेखि शनिवार साँझ ६ बजेसम्मको अवधिमा १५ जनाको कोभिडका कारण मृत्यु भएको जनाएको छ । यो सहित उत्तर कोरियामा कोरोनाले मृत्यु हुनेको कुल संख्या ४२ पुगेको छ ।
अप्रिलको अन्त्यदेखि ८२०,००० भन्दा बढी मानिसहरूलाई ज्वरो आएको उत्तर कोरियाली संचार माध्यमहरुले बताएका छन्, जसमध्ये कम्तीमा ४९६,००० जना निको भइसकेका छन् । केसिकेएनले देशको आपतकालीन महामारी रोकथाम मुख्यालयको तथ्याङ्कलाई उद्धृत गर्दै विवरणहरु सार्वजनिक गरेको हो ।
उत्तर कोरियाले बिहीबार विश्वमा कोभिड महामारी शुरुवात पछि पहिलो कोभिड १९ संक्रमित पुष्टि गरेको थियो ।
आपतकालिन उपायहरूको एक भागको रूपमा सबै प्रान्तहरू, शहरहरू र काउन्टीहरू पहिलो संक्रमण पुष्टिदेखि पूर्ण रूपमा तालाबन्दी गरिएको र प्रकोपसँग लड्न १० लाख भन्दा बढी मानिसहरू परिचालन गरिएको , समाचार एजेन्सीले उल्लेख गरेको छ ।