(Japan) 5 th June | 2023 | Monday | 2:19:50 AM || (Nepal) 11:04:50 PM
 
 

नयाँ प्रधानमन्त्रीले भने 'श्रीलङ्काको अर्थतन्त्र अझै नराम्रो हुनेछ'

  POSTED ON : Saturday, 14 May, 2022 | Views : 1996

नयाँ प्रधानमन्त्रीले भने 'श्रीलङ्काको अर्थतन्त्र अझै नराम्रो हुनेछ'


एजेन्सी, श्रीलङ्का ।

श्रीलङ्काको नयाँ प्रधानमन्त्री नियुक्त भएपछि रनिल विक्रमसिङ्गले प्रधानमन्त्री देशमा अझ नराम्रो स्थिति आउन सक्ने बताएका छन् ।

श्रीलङ्काका नयाँ प्रधानमन्त्री रनिल विक्रमसिङ्गले देशमा अशान्ति र दुख निम्त्याएको आर्थिक सङ्कट 'सुध्रिनुअघि थप खराब हुने' बिबिसी समाचार संस्थासँगको कुराकानीका क्रममा बताएका हुन् ।

श्रीलङ्कामा इन्धन र चरम खाद्यान्न अभावले गर्दा केही श्रीलङ्कालीहरूको दुई छाक खानामा समेत असर गरेको छ।

सङ्कटप्रति सरकारको व्यवस्थापनलाई लिएर देखिएको आक्रोशले देशव्यापी हिंसात्मक प्रदर्शनहरू निम्त्याए ।

प्रदर्शन शान्त पार्न रनिल विक्रमसिङ्गलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो।

विपक्षी सांसदको प्रधानमन्त्रीका रूपमा यो छैटौँ कार्यकाल हो ।

पद सम्हालेयताको पहिलो अन्तर्वार्तामा विक्रमसिङ्गेले बोल्दै परिवारहरूलाई दिनमा तीनपटक खाना दिलाउने सुनिश्चितता आफूले गर्ने बताएका छन् ।

विश्वलाई थप आर्थिक सहायताको अपिल गर्दै उनले भने 'हामी खानेकुरा खोज्छौँ भोक सङ्कट हुनेछैन।'

नयाँ प्रधानमन्त्रीले श्रीलङ्काको अर्थतन्त्र 'छिन्नभिन्न' भएको भनी व्याख्या गरे, तर उनले श्रीलङ्कालीलाई आफ्नो सन्देश 'संयम रहन र आफूले अवस्थालाई विगतमा फर्काउने' रहेको बताए।

विक्रमसिङ्गलाई राष्ट्रपति गोटाबय राजपक्षले बिहीवार शपथ गराएका थिए। तर उनको नियुक्तिलाई संशयका रूपमा हेरिएको छ किनभने उनी राजनीतिक रूपमा प्रभुत्व रहेका राजपक्ष परिवारसँग निकै निकट रहेको रूपमा हेरिन्छ ।

अन्तर्वार्तामा, विक्रमसिङ्गले राष्ट्रपति राजपक्षको राजीनामा माग गरिरहेका प्रदर्शनकारीको भावनासँग आफू सहमत भएको बताएका छन्। तर त्यो नहुने पनि उनले बताए। उनले भने 'आरोपले काम गर्दैन, मानिसहरूको पालनपोषणका लागि म यहाँ छु ।'

तर उनले 'आफूले राजपक्ष सरकारका सबै नीतिहरू परिवर्तन गर्ने' बताए। उनले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान पनि गरे।

श्रीलङ्काको अर्थतन्त्र निरन्तर रूपमा गिर्दो छ। खाद्यान्न, ‍औषधि र इन्धन पाइन छोडेको छ र पाइए पनि निकै महँगो छ ।

सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयता टापु देश श्रीलङ्कामा देखिएको यो सबैभन्दा खराब आर्थिक सङ्कट हो ।