टोकियो, एपी ।
दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले जापानी समुद्रतर्फ तीनवटा छोटो दुरीका ब्यालेस्टिक मिसाइल प्रहार गरेको जनाएको छ ।
बिहीबार दिउँसो उत्तर कोरियाको राजधानी क्षेत्रबाट प्रक्षेपण गरिएका तीनवटा क्षेप्यास्त्रहरू देशको पूर्वी तटमा रहेको पानीतर्फ उडेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले बताएका छन् ।
प्रक्षेपणहरू उत्तर कोरियाले महामारी सुरु भएदेखि कोरोना भाइरसको पहिलो केस पुष्टि गरेको केही घण्टा पछि आएको हो ।
उनीहरूले नेता किम जोंग उनको पछाडि समर्थन जुटाउन र लामो समयदेखि निष्क्रिय आणविक कूटनीतिको बीचमा आफ्ना प्रतिद्वन्द्वीहरूलाई दबाब दिन भाइरसको प्रकोपको बाबजुद आफ्नो अस्त्र क्षमता विस्तार गर्ने प्रयासमा अगाडि बढ्ने उत्तर कोरियाको दृढ संकल्पलाई जोड दिएको विश्वास गरिन्छ ।
उत्तर कोरियाले बिहीबार बिहान समुद्रतर्फ एउटा संदिग्ध ब्यालिस्टिक मिसाइल प्रहार गरेको जापानी समाचार संस्थाहरुले खवर प्रकाशित गरेका थिए । तरपछि कोरिया र जापानी तट रक्षकहरुले गरेको विश्लेषणपछि उत्तर कोरियाले तीनवटा क्षेप्यास्त्र प्रहार गरेको बताएका हुन् ।
दक्षिण कोरियामा नयाँ राष्ट्रपतिले शपथ खाएको २४ घण्टा नबित्दै तथा देशमा पहिलो कोभिड संक्रमण पुष्टि गरेपछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । तर उत्तरले यस वर्षको सुरुवातबाटै छोटो, मध्यम तथा लामो दुरीका क्षेप्यास्त्रहरु परिक्षणलाई बढाउँदै लगेको छ ।
जापानको रक्षा मन्त्रालयले उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र सम्भावित ब्यालेस्टिक मिसाइल भएको बताएको छ । सि अफ जापान क्षेत्र नजिक खसेको मिसाइलले पानी जहाँज तथा हवाई उडान सहित प्रत्यक्ष कुनै असर नपारेको बताएपनि यसले अन्य विवरण भने दिएको छैन ।
दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले एक संक्षिप्त वक्तव्यमा उक्त क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी जलक्षेत्रतर्फ उडेको बताएको छ । त्यसले पनि थप विवरण दिएको छैन ।
बिहीबारको प्रक्षेपण उत्तर कोरियाको यस वर्षको १६ औं चरणको परीक्षण थियो । २०२२ सुरुवात पछि उत्तर कोरियाले एक अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ भने उत्तरले देशको उत्तरपूर्वको ग्रामिण परीक्षण मैदानमा पाँच वर्षमा पहिलो परमाणु परीक्षण गर्ने तयारी गरिरहेको बताईन्छ ।