(Japan) 29 th March | 2024 | Friday | 1:49:31 PM || (Nepal) 10:34:31 AM
 
 


जापानमा ७.३ म्याग्निच्युटको भूकम्प, लगातार तीन ठूला झड्का

Gokarna Adhikari   POSTED ON : Sunday, 14 February, 2021 | Views : 12918

जापानमा ७.३ म्याग्निच्युटको भूकम्प, लगातार तीन ठूला झड्का


टोकियो, जापान ।

जापान मेटोरोलोजिकल एजेन्सीले शनिबार फुकुशिमा प्रिफेक्चरमा गएको भूकम्प ७ दशमलव ३ म्याग्निच्यूडको रहेको बताएको छ । यसअघि यसको मापन ७.१ म्याग्निच्युड बताइएको थियो ।

यो भूकम्पलाई सन २०११ सालमा गएको ९ दशमलव ० म्याग्निच्यूडको भूकम्पको पराकम्पन भएको एजेन्सिले बताएको छ ।

...

जापानको फुकुशिमा प्रिफेक्चर केन्द्रबिन्दु भएर शनिवार राती ठूलो भूकम्प गएको छ ।

फुकुशिमा क्षेत्रमा सन् २०११ को बिनासकारी सुनामी निम्त्याएको भूकम्पपछिकै ठूलो कम्पन भएको जापानी अधिकारीहरुले बताएका छन् ।

जापानको मेटोरोलोजिकल एजेन्सीका अनुसार रात ११ बजेर ८ मिनेटको समयमा ७.१ म्याग्निच्युटको भूकम्प गएको हो ।

भूकम्पबाट सुनामीको खतरा नरहेको मौसम एजेन्सीले जनाएको छ ।


तथापी भूकम्पको केन्द्र रहेको क्षेत्र फुकुशिमा प्रिफेक्चर र दक्षिण मियागी प्रिफेक्चरको समुन्द्र तट क्षेत्रमा सामुन्द्रिक छाल आउनसक्ने चेतावनी जारी गरिएको छ । सो क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । केही स्थानमा मानिसहरुलाई अग्लो भागमा जान स्थानिय रुपमा आग्रह गरिएको छ ।


भूकम्पको मापन सबैभन्दा कडा मियागी प्रिफेक्चरको जाओ उपत्यकामा गरिएको थियो । जहाँ ६ म्याग्निच्युट भन्दा माथि मापन गरिएको छ ।

यसैगरि फुकुशिमा प्रिफेक्चरको कुनिमि उपत्यका, सोमा शहर र शिन्ची उपत्यकामा पनि ६ म्याम्ग्निुच्युट भन्दा माथिको कम्पन पाईएको छ 


भूकम्प समग्र मियागी प्रिफेक्चर, फुकुशिमा प्रिफेक्चर क्षेत्रमा ५ भन्दा माथि ६ म्याग्निच्युटसम्म मापन गरिएको मौसम एजेन्सीले जनाएको छ ।

यि दुई प्रिफेक्चर बाहेक तोचीगी प्रिफेक्चरको ईचिनोसेकि र याहाबा उपत्यकामा ५ म्याग्निच्युट मापन गरिएको छ । यसैगरि ईबाराकी प्रिफेक्चर, साईतामा प्रिफेक्चरमा ४ भन्दा माथी ५ म्याग्निच्युटसम्म कम्पन महशुस गरिएको छ ।

आओमोरी, ईवाते, मियाजाकी, आकिता, यामागाता, गुन्मा, चिबा, टोकियो, खानागावा, निगाता, यामानासी र शिजुओखा प्रिफेक्चरको अधिकाशं भागमा ४ म्याग्निच्युट वा सो भन्दा माथि कम्पन मापन गरिएको छ ।

होक्काईदो, आओमोरी, यामागाता, तोचिगी, निगाता, नागानो, शिजुओखा, आईची, लगायत प्रिफेक्चरमा ३ वा सो भन्दा माथि भूकम्पको कम्पन महशुस गरिंदा जापानको अधिकाशं भूभागमा भूकम्पको सानो ठूलो झड्का महशुस वा मापनमा रेकर्ड भएको जापानको मौसम सम्वन्धी संस्था मेटोरोलोजिकल एजेन्सीको तथ्यांकमा देखिन्छ ।


लगातार भूकम्पको तीन ठूला झड्का


मेटोरोलोजिकल एजेन्सीका अनुसार रात ११ बजेर ८ मिनेटमा गएको ७.१ म्याग्निच्युटको भूकम्प पछिपनि लगाता ठूला कम्पन महशुस गरिएको छ ।

फेब्रुवरी १३ तारिख नै रात ११ बजेर ३६ मिनेटमा फुकुशिमा केन ओकि क्षेत्र भएर ४.७ म्याग्निच्युटको भूकम्प गएको छ ।

यस बाहेक पनि रात ११ बजेर ५१ मिनेटमा त्यो भन्दा ठूलो ५.१ म्याग्निच्युटको भूकम्प गएको छ ।

एकपछि अर्को लगातार भूकम्प जाँदा सन् २०११ को विनाशकारी भूकम्प व्यहोरेका फुकुशिमावासीमा त्रास उत्पन्न भएको जापानी टेलिभिजनहरुले प्रशारण गरेका समाचारहरुमा देखाईएको छ ।

जापानको फुकुशिमा प्रिफेक्चरमा सन् २०११ मा ९ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो ।

मध्यरातको समयमा लगातार ठूला भूकम्प जाँदा मानिसहरु घर बाहिर निस्किएको दृश्यहरु टेलिभिजनमा देखाईएको छ ।

भूकम्पले ठूलो झड्का दिंदा धेरै बेरसम्म घर हल्लाएको र आफुहरु आत्तिएको स्थानियहरुले बताएका छन् ।

मध्यरातसम्ममा मानविय रुपमा क्षतिका कुनैपनि विवरणहरु प्राप्त नभएको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ ।

भूकम्पपछि मियागी तथा फुकुशिमा क्षेत्रमा अधिकाशं रेलसेवा अवरुद्ध हुन पुगेका छन् । रेलको लिगमा क्षति पुगेको हुनसक्ने भन्दै जेआर ईस्टले सुरक्षा चेकजाँचका लागि अकस्मात रेलसेवा स्थगित गरेको जनाएको छ ।

तोहोको जोएच्चु होकुरिकु क्षेत्रमा शिनकानसेन रेलसेवा बन्द गरिएको छ ।

प्रमुख मोबाईल फोन सेवा कम्पनीहरुले आपतकालिन अत्यावश्यक सूचनाहरु निशुल्क उपलब्ध गराउन थालेको जनाएका छन् ।

फुकुशिमा क्षेत्रमा रहेको आणविक उर्जा केन्द्र दाईईची २ को सुरक्षा अवस्था चेकजाँच थालिएको सम्वन्धित कम्पनी टेप्कोले सूचना जारी गरेको छ ।

तोहोको ईलेक्ट्रिक पावर हिगासिदोरी न्युक्लियर पावर प्लान्टले भूकम्पबाट कुनैपनि असर नपारेको बताएको छ ।

आणविक विद्युत उर्जा केन्द्र चुबु ईलेक्ट्रिक पावरले पनि भूकम्पबाट कुनै क्षति नपुगेको स्पष्ट पारेको छ ।

प्रधानन्त्री सुगा भूकम्पको २० मिनेटमै कार्यालय पुगे-लाखौं घरमा विद्युत् बन्द, दर्जनौं घाईते 

सम्बन्धित सामग्री: