(Japan) 17 th February | 2025 | Monday | 10:38:44 AM || (Nepal) 7:23:44 AM
 
 


जापानमा कर कटौती सुविधा कसरी लिने ? विस्तृत जानकारी

  POSTED ON : Friday, 03 January, 2025 | Views : 860

जापानमा कर कटौती सुविधा कसरी लिने ? विस्तृत जानकारी


जापानमा आयकरको रकम तपाई अविवाहित हुनुहुन्छ वा आश्रित सदस्यहरू छन् भन्ने आधारमा फरक हुन्छ । विशेषगरी, यदि तपाईले नेपालमा आफ्नो परिवारका सदस्यहरूलाई आर्थिक रूपमा सहयोग गरिरहेको प्रमाण पेश गर्न सक्नुहुन्छ भने, आयकर घटाउने प्रणाली छ । यो प्रणालीलाई "तलब आर्जन गर्ने व्यक्तिका लागि आश्रित कटौती, आदि" (給与所得者の扶養控除等, きゅうよしょとくしゃのふようこうじょなど, Kyuyo shotoku-sha no fuyou koujo nado) भनिन्छ ।

यस कटौतीको लागि योग्य हुन, निश्चित शर्तहरू पूरा गर्नुपर्छ । यदि तपाईले विदेशमा रहेका आफ्ना परिवारका सदस्यहरूलाई सहयोग गरिरहेको प्रमाण प्रस्तुत गर्न सक्नुहुन्छ भने, तपाई आफ्नो आयकरको बोझ कम गर्न सक्नुहुन्छ । आवश्यक सबै कागजातहरू संकलन गर्नु र तिनलाई आफ्नो रोजगारदातालाई बुझाउन महत्त्वपूर्ण छ । रोजगारदाताले तपाईको तर्फबाट आवेदन प्रक्रिया व्यवस्थापन गर्नेछन् । (केही अवस्थाहरूमा, तपाईलाई स्वयम् कर कार्यालयमा जान पनि आवश्यक पर्न सक्छ ।)

मुख्य अवधारणाहरू

वर्षको अन्त्यमा समायोजन (年末調整, ねんまつちょうせい, Nenmatsuchosei):

वर्षभरको कर गणना र समायोजन गर्ने प्रक्रिया (जस्तै, यो वर्ष २०२४ का लागि भनेको जनवरी २०२४ देखि डिसेम्बर २०२४ सम्म हो)। यो भनेको रोजगारदाताले आफ्ना तलब पाउने कर्मचारीहरूको लागि करको गणना वा समायोजन गर्दछन् ।

आवश्यक कागजातहरू रोजगारदाताले नोभेम्बरमा संकलन गर्छन्, र डिसेम्बरमा पेश गरिन्छ। यो प्रणाली ती करदाताहरूको लागि हो, जसको आयको स्रोत एउटै मात्र छ, अर्थात् कम्पनीबाट प्राप्त तलब । (यदि तपाईको अन्य आय स्रोतहरू छन्, जस्तै: रियल स्टेट वा लगानी, भने तपाईले आफै कर समायोजन गर्न आवश्यक हुन्छ। कृपया यसबारेमा आफ्नो रोजगारदातासँग परामर्श गर्नुहोस्।)

कर दाखिला (確定申告, かくていしんこく, kakuteishinkoku):

यो अघिल्लो वर्षको कुल आय र करको गणना गरी कर कार्यालयमा रिपोर्ट गर्ने प्रक्रिया हो। यो प्रणाली ती व्यक्तिहरूको लागि हो, जसको आय स्रोत धेरै छन्, वा जसले वर्षको अन्त्यमा कर समायोजन (年末調整) गर्न छुटाएका छन्, वा जो कर फिर्ताको लागि योग्य हुन्छन। यसलाई प्रत्येक वर्ष मार्च महिनामा भर्नु पर्ने हुन्छ। यदि व्यक्तिको आयको स्रोत एक मात्र  छ भने, Kakuteishinkoku (確定申告) गर्न आवश्यक हुँदैन; यसको सट्टा Nenmatsuchosei (年末調整) भर्ने हुन्छ।

आश्रितहरूको लागि आवश्यक कागजातहरू:

यदि तपाईका आश्रित सदस्यहरू छन् भने, कृपया तलका कागजातहरू तयार गरी आफ्नो कम्पनीमा बुझाउनुहोला। साथै, नेपालमा तपाईका आश्रित सदस्यहरू रहेको र तिनको लागि कर कटौतीको सुविधाको लागि आवेदन दिन चाहनुहुन्छ भन्ने कुरा आफ्नो कम्पनीलाई जानकारी दिनुहोस्।

जापानी भाषामा: しょとくぜいのふようこうじょうけることはできますか?しょうめいしりょうをもってきました。

Shotokuzei no Fuyoukojo ukeru koto wa dekimasuka? Shomei syro o motte kimashita.


सम्बन्धको प्रमाण: आवश्यक कागजातहरू तल सूचीबद्ध गरिएको छ

मूल सम्बन्ध प्रमाणपत्र (नाता प्रमाणित पत्र),

नागरिकता प्रमाणपत्रको प्रतिलिपि (करदाता र आश्रित दुबैको),

पासपोर्टको प्रतिलिपि,

जाईर्यो कार्डको प्रतिलिपि (करदाता मात्रै)।

सबै कागजातहरु जापानी भासा अनुवादमा हुनु पर्छ।(copy and translation both) 

**पेश गरिएको सबै कागजातहरुमा नामहरु साचो र मेल खानु पर्छ। कुनै पनि भिन्नता भयो भने त्येसको परिणाम अस्वीकार हुन सक्छ। 

रेमिट्यान्सको प्रमाण:

प्राप्तकर्ताको नाम, रकम पठाको मिति, र रकम देखाउने विवरण वा बैंक रसीद जस्ता कागजातहरू पेश गर्नुहोस्। वार्षिक रूपमा कम्तीमा ३८०,००० येन पठाउनु पर्छ; अन्यथा, तपाई कटौतीको लागि योग्य हुनुहुनेछैन । २०२४ को कटौतीको लागि, जनवरी २०२४ देखि डिसेम्बर २०२४ सम्मको रेमिट्यान्स पठाएको रेकर्डहरू प्रदान गर्नुहोस् ।

कसले आयकर कटौती दावी गर्न सक्छ?

करदाताको आवासीय स्थिति : करयोग्य आय भएका स्थायी वा अस्थायी निवासीहरू कटौतीका लागि योग्य हुन्छन्। यदि तपाईको तलब पर्चीमा "所得税 (आयकर)" लेखिएको छ भने, तपाई योग्य हुनुहुन्छ। 

विद्यार्थी भिसामा बसोबास गर्दै आउनुभएकाहरु : यदि पार्ट-टाइम जागिरबाट मासिक आय ८८,००० येन भन्दा बढी हुन्छ भने, वर्षको अन्त्यमा समायोजन लागू हुन्छ। (कम्पनीले तपाईको कागजातहरु नोभेम्बरमा पेश गर्न अनुरोध गर्नेछ।)

कटौतीका लागि योग्य आश्रित सदस्यहरू

तत्काल परिवारका सदस्यहरू: अभिभावक, हजुरआमा-हजुरबुवा, सन्तान (१६ वर्ष मुनिका योग्य हुँदैनन्), श्रीमान/श्रीमती, र दाजुभाइ-बहिनी (१६ वर्ष मुनिका योग्य हुँदैनन्, र रगतको सम्बन्ध हुनुपर्छ)।

आर्थिक आश्रिता: आश्रित सदस्यहरूले करदाताबाट आर्थिक सहयोग प्राप्त गर्नु पर्छ, र नियमित पठाइको रेमिट्यान्सको प्रमाण प्रस्तुत गर्नुपर्छ।

उमेर र आयको आवश्यकता: श्रीमान/श्रीमतीको वार्षिक आय २,०१६,००० येन भन्दा बढी हुनु हुँदैन।

आश्रितको आय निश्चित सीमा मुनि रहनु पर्छ (जस्तै, वार्षिक १,०३०,००० येन)।

जापानमा बसोबास गर्ने नेपालीहरूको सहयोगका लागि हामीले महत्वपूर्ण लेखहरू प्रकाशित गर्दै आएका छौं । यसै गरी, यसपालि हामीले कर कटौतीको प्रयोगको आवश्यकता बारेमा चर्चा गरेका छौं, जसले तपाइको कर तिर्ने बोझ कम गर्छ भन्ने आशा गरेका छौं ।

...

नेन्किनसेवाको बारेमा 

नेन्किनसेवाले नेपालीहरूलाई जापानको पेन्सन फिर्ता र त्यससँग सम्बन्धित आयकर फिर्ता पाउने सेवा प्रदान गर्दै आएको छ। हामी नेन्किन फिर्ता सम्बन्धि जापानी भाषा र कागजात प्रक्रियामा सहयोग गर्दछौं। हाम्रो सेवा प्रयोग गरेर तपाईको पेन्सन फिर्ताको प्रक्रिया छिटो र सुरक्षित रूपमा सम्पन्न गर्नुहोस्। यदि तपाई आफैँ वा तपाईलाई थाहा हुने कुनै नेपाली, जो नेपाल वा कुनै अन्य देश फर्किरहेका छन् भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सेवाहरूको प्रयोग गरेर हाम्रो व्यवसायलाई बढाउन मद्दत गर्नुहोस्। हामी तपाईको समर्थनको लागि धेरै आभारी हुनेछौं र भविष्यमा यस्ता महत्वपूर्ण लेखहरू लेख्दै गर्ने छौं।

थप जानकारीको लागि नेन्किनसेवामा सम्पर्क गर्नु होला। 

फोन नं.: +९७७ ९८४७६९१६४२ 

Nenkinsewa.com