(Japan) 17 th February | 2025 | Monday | 10:00:26 AM || (Nepal) 6:45:26 AM
 
 


जापानद्धारा अत्याधुनिक नयाँ राहदानी सार्वजनिक, यस्ता छन् विशेषता

  POSTED ON : Sunday, 22 December, 2024 | Views : 994

जापानद्धारा अत्याधुनिक नयाँ राहदानी सार्वजनिक, यस्ता छन् विशेषता


टोकियो, जापान ।

जापानका अधिकारीहरूले नक्कली पासपोर्ट प्रतिरोधी नयाँ प्रविधिहरू प्रयोग गरेर नयाँ राहदानी सार्वजनिक गरेका छन् ।

परिवर्तनहरू संयुक्त राष्ट्र संघको एक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सिफारिसहरू अनुसार तयार पारिएको जापानी अधिकारीहरुले बताएका छन् ।

जापानको विदेश मन्त्रालयले शुक्रबार नयाँ राहदानी सार्वजनिक गरेको हो ।

राहदानी बाहकको फोटो रहेने पृष्ठ कागजको सट्टा कडा प्लास्टिकबाट बनेको छ । यसमा व्यक्तिगत डाटा समावेश गर्ने आईसी चिप जडान गरिएको छ । यस बाहेक फोटो, नाम र अन्य जानकारीमा लेजर प्रिन्ट गरिएको छ ।

राहदानी जापानकै राष्ट्रिय मुद्रण ब्यूरोले उत्पादन गर्नेछ ।

मन्त्रालयले आवेदकहरूले करिब दुई हप्तादेखि एक महिना नयाँ पासपोर्टको लागि पर्खनुपर्ने बताएको छ । अहिले करिब एक साताभित्र राहदानी जारी हुने गरेको छ ।

अपग्रेड गरिएको नयाँ अत्याधुनिक पासपोर्ट अर्को वर्ष मार्च २४ तारिख देखि जारी गरिने भएको छ ।

परराष्ट्र मन्त्री इवाया ताकेशीले जनताले नयाँ अत्याधुनिक पासपोर्टको सुरक्षामा विश्वास गर्न सक्ने आशा राखेको बताएका छन् ।