टोकियो, जापान ।
जापानमा दुई बर्ष यता हरेक वस्तु र सेवाको शूल्क बढिरहेको तपाईंले पनि अनुभव गर्नुभएको होला । भर्खर जापान आएकाहरुको लागि यसैपनि हरेक वस्तु महंगो लाग्छ नै । दुई बर्ष यता हेर्नुभयो भने नुन देखि सुनसम्मको भाउ महंगो भएको छ । अझ भनौं नुच, चिनि, चामल, तेल, खाद्यान्नका हरेक वस्तुको भाउ बढेको बढ्यै छ । जापानको महंगी देखेरै होला जापानमा रहेको नेपाली राजदूतावासले पनि आफुले प्रदान गर्ने सबैजसो सेवाको भाउ बढाएको छ ।
दूतावासले आफुले प्रदान गर्ने सेवाको शूल्क बढाउँदा देशको आम्दानी बढेपनि जापानमा रहेका नेपालीहरु भने प्रत्यक्ष मारमा पर्ने भएका छन् । किनभने यसैपनि जापानको महंगीको मारमा परिरहेकाहरु आफ्नै देशको राजदूतावासले प्रदान गर्ने सेवामा समेत शूल्क बढाउँदा एक किसिमले भन्दा पिडित बन्न पुग्नेभएका छन् ।
किन बढ्यो शुल्क ?
जापानमा पछिल्लो समय बढिरहेको वस्तु तथा सेवा शूल्क बृद्धिको आधारमा हेर्ने हो भने नेपाली राजदूतावासले शूल्क बढाउनुलाई अन्यथा मान्न मिल्दैन । तर एउटा मात्र सेवालाई आधार बनाएर हेर्ने हो भने राहदानी नविकरणको लागि १८ हजार येनबाट एकैपटक २३,००० येन पुर्याइएको छ । के यो जायज छ ? एक मात्र सेवाको यो बृद्धिलाई हेर्ने हो भने चाहिँ कदापी जायज देखिंदैन । किनभने नेपाल सरकारले नेपालमा उपलब्ध गराउँदै आएको राहदानीको शूल्क यो बिचमा यति अचाक्ली बढेको छैन । बढेकै भएपनि ढुवानी, जापानमा आरुबाइतोमा राखिएका कर्मचारीको खर्च लगायत अन्य खर्च हेर्ने हो भनेपनि ५,००० येनको बृद्धि अचाक्ली महंगी मान्दा हुन्छ ।
नोभेम्वर १६ तारिखबाट नै शुल्क बृद्धि भएको भएपनि दूतावासले यस सम्वन्धि सार्वजनिक जानकारी दूतावासको आधिकारिक फेसबुक पेजमा भने १९ तारिख बिहान अर्थात् ३ दिन पछि मात्र राखेको थियो ।
सामान्य मूल्य बृद्धिलाई हरेक बस्तु र सेवाको मुल्य बृद्धि अनुसार सामान्य मान्न सकिएपनि पनि भारी मुल्य बृद्धिको कारण र आधार नखुलाई मूल्य तोकेको दूतावासले विज्ञप्ती जारी गरेर मंशीर १ गतेदेखि अर्थात् नोभेम्वर १६ तारिखबाट लागू गरेको शुल्कहरु यस प्रकार रहेको छ ।
१. कल्याणकारी सेवाहरु नि:शुल्क
२. नेपाली नागरिकहरुका लागि गर्नुपर्ने साधारण प्रकृतिका सिफारिश नि:शुल्क
३. मञ्जुरीनामा, जमानतपत्र, रोजगार सम्झौता, सेवा सम्झौता वा यस्तै प्रकारका श्रम सम्वन्धी सेवाहरु, विवाह दर्ता प्रमाणपत्र, नाता प्रमाणित, नागरिकता र लाइसेन्स, वैवाहिक अवस्थाको प्रमाणपत्र, जन्म, मृत्यु, सम्वन्ध विच्छेद दर्ता प्रमाणपत्र, सबै प्रकारका निवेदन, जो जससँग सम्वन्धित छ वा अन्य यस्तै प्रकारका कागजातहरु ८,००० येन
४. शैक्षिक प्रमाणपत्र एवं अध्ययन प्रयोजनका लागि विद्यार्थीहरुलाई आवश्यक पर्ने विभिन्न कागजातहरु २,५०० येन
५. श्रम गन्तव्य मुलुकहरुमा रहेका श्रमिकहरुलाई व्यक्तिगत रुपमा आवश्क पर्ने साधारण प्रकृतिका सिफारिशहरु २,००० येन
६. बैंक तथा वित्तीय संस्थाबाट जारी भएका कागजात प्रतिलिपि प्रमाणीकरण वा बसाई सराई वा प्रहरी प्रतिवेदन वा चिकित्सकको प्रमाणपत्र, एफिडेभिट, उत्पत्तिको प्रमाणपत्र वा यस्तै प्रकारका कागजातहरु १५,००० येन
७. मागपत्र प्रकाणीकरण ः प्रति सेट
श्रमिक संख्या १ देखि २५ ४६,००० येन
श्रमिक संख्या २६ देखि १०० ५४,००० येन
श्रमिक संख्या १०१ भन्दा बढी ६१,००० येन
मागपत्र पुनः प्रमाणीकरण सच्याउन १५,००० येन
८. गैर आवासीय नेपाली परिचयपत्र
निवेदन दर्ता ३,००० येन
नेपाली मूलको विदेशी नागरिकताका लागि ७६,००० येन
विदेशमा वस्ने नेपाली नागरिकका लागि ८,००० येन
९. भिसा जारी
१५ दिने भिसाा ५,००० येन
३० दिने भिसा ८,००० येन
९० दिने भिसा १९,००० येन
१०. राहदानी
साधारण राहदानी नवीकरण ३४ पृष्ठ २३,००० येन
नाबालक राहदानी ३४ पृष्ठ १२,००० येन
हराएको नासिएको साधारण राहदानी नवीकरण ४६,००० येन
हराएको नासिएको नावालक साधारण राहदानी नवीकरण २३,००० येन
एकतर्फी यात्रा अनुमतिपत्र ८,००० येन
११. जन्म तथा मृत्यु दर्ता प्रमाापत्र ३५ दिनभित्र नि:शुल्क
३५ दिन पश्चात ४,००० येन
प्रतिलिपि ५,००० येन