टोकियो, जापन ।
बासिन्दाको हैसियत नभएका विदेशी बालबालिकाको समस्याको सन्दर्भमा, अध्यागमन सेवा एजेन्सीले उनीहरूको आवागमनमा केही प्रतिबन्धहरू खुकुलो पारेको छ । यदि उनीहरू विद्यालयमा पढिरहेका छन् भने उनीहरूलाई आवेदन बिना नै टाढाका क्षेत्रहरूमा जान अनुमति दिन थालिएको छ । विज्ञहरूले यसरी नियम खुकुलो गरिनुलाई 'बालबालिकाको मानव अधिकारमा आधारित उपाय' भनेका छन् ।
बासिन्दाको हैसियत नभएका विदेशीहरूले निश्चित सर्तहरू पूरा गरेमा थुनामा पर्नबाट बच्न सक्छन् र गत वर्षको अन्त्यसम्ममा ४,००० भन्दा बढी व्यक्तिहरूले यो प्रणाली प्रयोग गर्दै आएका थिए । तर सैद्धान्तिक रूपमा, उनीहरूलाई भाग्नबाट रोक्न उनीहरूको दैनिक गतिविधिहरूमाथि प्रतिबन्ध लगाइएको थियो ।
नयाँ प्रणाली अनुसार जापानको अध्यागमन सेवा एजेन्सीले केही प्रतिबन्धहरू खुकुलो पारेको छ, स्कूल जाने बालबालिकाहरूलाई प्रत्येक पटक आफ्नो प्रिफेक्चर छोड्नु अभि अनिवार्य अनुमति लिनुपर्ने नियमलाई हटाएको छ ।
विद्यालय कार्यक्रमहरूमा सहभागिता र प्रीफेक्चरल सीमाना नजिक बस्ने बालबालिकाको जीवनमा प्रभाव पार्न सक्ने भएकाले त्यस्तो नियम हटाइएको अधिकारीहरुले बताउका छन् ।
अध्यागमन सेवा एजेन्सीले भनेको छ 'बच्चाहरु एक्लै भाग्ने जोखिम कम छ, तर आमाबाबुसँगै आफ्ना बच्चाहरु संग भए अनुमति चाहिन्छ।'
स्मरणिय छ जापानले यसै बर्षबाट जापानको भिषा गुमाएका तर जापानमा अध्ययन गर्दै आएका बिदेशी बालबालिकाका परिवारलाई आपराधिक रेकर्ड नपाइएमा जापानमै अध्ययन तथा बसाईलाई निरन्तरता दिनसक्ने गरि अध्यागमन नियमलाई खुकुलो बनाएको छ ।