(Japan) 13 th December | 2024 | Friday | 1:35:33 AM || (Nepal) 10:20:33 PM
 
 


जापानको ‘माई नम्बर’ परिचयपत्रले मार्चदेखि ड्राइभर लाईसेन्सको काम गर्ने

  POSTED ON : Thursday, 31 October, 2024 | Views : 1044

जापानको ‘माई नम्बर’ परिचयपत्रले मार्चदेखि ड्राइभर लाईसेन्सको काम गर्ने


टोकियो, जापान ।

जापानमा आगामी मार्चदेखि ड्राइभर लाइसेन्सको रूपमा 'माई नम्बर' राष्ट्रिय परिचयपत्रले काम गर्ने भएको छ । सन् २०२५ मार्चबाट सवारी चालक अनुमतिपत्र लाईसेन्स बोकेर हिँड्नु नपर्ने त्यसको ठाउँमा माईनम्वर कार्डले नै काम गर्ने अधिकारीहरुले बताएका छन् ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले मार्च २४तारिख देखि सवारी चालक अनुमतिपत्रलाई माई नम्बर राष्ट्रिय परिचयपत्र प्रणालीमा एकीकृत गर्ने अध्यादेश स्वीकृत गरेको हो ।

सरकारले माई नम्बर प्रणाली प्रयोग गरी प्रशासनिक कार्यविधिलाई डिजिटलाइजेसनमा लैजान प्रवर्द्धन गर्दै आएको छ ।

२०२२ मा परिमार्जित सडक ट्राफिक ऐनले मानिसहरूलाई आफ्नो ड्राइभर इजाजतपत्र जानकारी आफ्नो माई नम्बर कार्डमा दर्ता गर्न अनुमति दिन्छ ।

राष्ट्रिय प्रहरी एजेन्सीले माई नम्बर कार्ड आईसी चिप्समा चालक अनुमतिपत्र प्रणालीको विवरण राख्ने र यसको प्रभावकारीता जाँच गरिरहेको जनाएको छ ।

प्रयोगकर्ताहरूले सवारी चालक इजाजतपत्र नम्बर, म्याद सकिने मिति, इजाजतपत्रको प्रकार, चश्मा वा सुधारात्मक लेन्सको प्रयोग, र अनुहारको फोटो सहित जानकारी दर्ता गरेमा माई नम्बर कार्डहरूले लाईसेन्सको रूपमा काम गर्नेछ ।

यदि तपाईंसँग सवारी चालक अनुमति पत्र छ भने त्यसैलाई वा माई नम्वर कार्डमा विवरण भरेर दुवै तरिकाले जापानमा तपाईंले लाईसेन्स प्रयोग गर्न सक्नुहुन्छ । मानिसहरूले माई नम्बर ड्राइभर इजाजतपत्र र परम्परागत लाईसेन्स दुवै छनौट गर्न सक्छन् । किनभने विदेशमा ड्राइभिङ गर्ने हरुका लागि ड्राईभिगं लाईसेन्सनै आवश्यक पर्दछ ।

नयाँ माई नम्बर कार्डमा लाईसेन्स विवरण राखेर लिनको लागि शुल्क १,५५० येन लाग्दछ । त्यो नियमित लाइसेन्स शुल्क भन्दा लगभग ४ सय येन कम हो ।