टोकियो, जापान ।
जापनमा नेपालीहरुको संख्यामा बढ्दो बृद्धि क्रम जारी देखिएको छ । जापान सरकारको अध्यागमन ब्युरोको ताजा तथ्यांक अनुसार जापानमा हाल २ लाख ७ हजार भन्दा धेरै नेपालीहरु बसोबास रहेका छन् ।
जापान अध्यागमन व्युरोको सन् २०२४ को जून अन्त्यसम्मको तथ्याङ्क अनुसार नेपालिहरू जापानमा छैटौँ ठूलो विदेशी नागरिकको रूपमा रहेका छन् । यस बर्षको जुनसम्ममा २०६,८९८ जना नेपालिहरू जापानमा बसोबास गरिरहेका छन् । यो संख्या सन् २०१२ देखि उल्लेखनीय रूपमा बढ्दै आएको छ ।
तथ्यांक अनुसार सन् २०१२ देखि २०२४ सम्म नेपालिहरूको जनसङ्ख्या जापानमा निकै बढेको देखिन्छ । सन् २०१२ मा जम्मा २४,०७१ जना नेपालिहरू जापानमा बसोबास गर्थे, तर सन् २०२४ को जुन सम्ममा यो संख्या २०६,८९८ पुगेको छ ।
यो १२ वर्षको अवधिमा लगभग आठ गुणा वृद्धि हो । यो वृद्धि नेपालबाट भाषा तथा उच्च शिक्षा अध्ययन गर्न जापान आउने नेपालीहरु बढ्नुको कारण प्रमुख रुपमा मानिएको छ । यसैगरि जापानमा बाल जन्मदर घट्दो र जेष्ठ नागरिकहरु बढ्दो क्रममा रहेकाले श्रम बजारमा विदेशी कामदारहरूको माग बढेसँग विभिन्न रोजगार भिषामा आउने नेपालीहरुको क्रम पनि बढेको छ । विशेषगरी उत्पादन, नर्सिंग केयर, कृषि र सेवा क्षेत्रमा जापानमा नेपालीहरु कार्यरत छन् ।
सन् २०१७ पछि पनि जनसङ्ख्या निरन्तर रूपमा बढ्दै २०१८ मा ८८,९५१ र २०१९ मा ९६,८२४ पुगेको थियो । यद्यपि, सन् २०२० मा जनसङ्ख्या थोरै घटेर ९५,९८२ पुगेको थियो, जुन कोभिड महामारी र त्यससँगै आएको आवागमन प्रतिबन्धको कारण सबै विदेशीहरु घटेतापनि नेपालीहरु भने तुलनात्मक हिसाबले कम घटेको देखिन्छ । सन् २०२१ मा यो जनसङ्ख्या फेरि बढेर ९७,१०९ पुगेको थियो ।
सबैभन्दा ठूलो वृद्धि सन् २०२१ र २०२२ बीच देखिएको थियो, जहाँ जापानमा नेपालीहरुको जनसङ्ख्या ९७,१०९ बाट बढेर १,३९,३९३ पुगेको थियो । यो वृद्धि जापानले आफ्नो सिमा पुनः खोल्दा र कामदार र विद्यार्थीहरूलाई जापान आउन दिएलगत्तै बढेको अनुमान गर्न सकिन्छ ।
सन् २०२३ मा, नेपालिहरूको जनसङ्ख्या १,७६,३३६ पुगेको थियो, र २०२४ मा यो संख्या झनै बढेर २०६,८९८ पुगेको छ, जसले निरन्तर रूपमा वृद्धि भएको देखाउँछ ।
यसले जापानको अर्थतन्त्रमा नेपालका कामदारहरूको महत्त्वपूर्ण भूमिका मात्र नभएर नेपालका नागरिकहरूले शिक्षा र रोजगारीको लागि जापानलाई प्रमुख बैदेशिक गन्तव्यका रुपमा रोज्न थालेको प्रष्ट देखाएको छ ।
प्रान्त अनुसार जापानमा नेपालीको बसोबास
Tokyo 43,148
Osaka 17,398
Chiba 16,999
Aichi 16,750
Fukuoka 16,191
Saitama 14,066
Kanagawa 13,631
Hyogo 7,963
Gunma 5,587
Shizuoka 5,502
Okinawa 4,873
Kyoto 4,667
Ibaraki 3,425
Tochigi 3,414
Miyagi 3,099
Mie 2,723
Hokkaido 2,453
Gifu 2,437
Hiroshima 2,427
Kumamoto 1,602
Nagasaki 1,426
Okayama 1,399
Nagano 1,393
Saga 1,207
Fukushima 1,175
Oita 1,115
Nigata 972
Yamaguchi 961
Yamanashi 954
Nara 891
Kagoshima 732
Siga 694
Ishikawa 650
Kagawa 523
Ehime 484
Miyazaki 460
Wakayama 439
Toyama 403
Fukui 403
Iwate 308
Shimane 273
Tokushima 272
Yamagata 229
Aomori 224
Tottori 205
Kochi 143
Akita 139
unknown 469
...
(जिज्ञानकुमार थापाले लेख्नुभएको जानकारीमा आधारित)