(Japan) 4 th November | 2024 | Monday | 7:15:51 AM || (Nepal) 4:00:51 AM
 
 


२०५० सम्म १० प्रतिशत जापानी बृद्धहरुको नजिकको आफन्त नहुने

  POSTED ON : Monday, 07 October, 2024 | Views : 492

२०५० सम्म १० प्रतिशत जापानी बृद्धहरुको नजिकको आफन्त नहुने


टोकियो, जापान ।

जापानमा नजिकका आफन्त नभएका ६५ बर्ष वा सो भन्दा माथिका नागरिक सन् २०५० सम्ममा १.५ गुणाले बढ्ने देखिएको छ । पूर्वानुमान गरिएको तथ्यांक अनुसार अबको २५ बर्षपछि जापानमा १० प्रतिशतभन्दा बढी वृद्धवृद्धाहरुको आफन्त हुनेछैन ।

नातानातिनाहरु र भतिजहिरु वा भतिजाहरु सहित तेस्रो पुस्ताका आफन्तहरु समेत नभएका जापानीको संख्या ४४ लाख ८० हजार पुग्नेछ । जापान रिसर्च इन्स्टिच्युटले गरेको सर्वेक्षणले आइतबार यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।

सन् २०५० सम्ममा यो संख्या तीन करोड ९० लाखभन्दा माथि पुग्ने अनुमान गरिएको छ । क्योदो न्युजका अनुसार जापानमा विवाह गर्नेको संख्या कम भएकाले वृद्ध जनसंख्या बढ्दै गएको र यस्तो अवस्थामा अस्पताल र हेरचाह गृहमा रहेका वृद्धवृद्धाको रेखदेख कसले गर्ने भन्ने चिन्ता बढेको छ ।

बुढ्यौली मुलुकमा विवाह गर्नेको संख्या कम भएकाले ६५ वर्ष र माथिका आफन्त नभएका व्यक्तिको संख्या सन् २०२४ मा २८ लाख ६० हजारबाट बढ्ने राष्ट्रिय जनसङ्ख्या तथा सामाजिक सुरक्षा अनुसन्धान संस्थानको तथ्यांकमा उल्लेख गरेको छ ।

अनुमानित तथ्याङ्कले सन् २०५० सम्ममा समग्र वृद्ध जनसंख्याको लगभग ११.५ प्रतिशत अर्थात् ६५ बर्ष उमेर माथिका व्यक्तिको जनसंख्या ३ करोड ९० लाख पुग्ने पूवाृनुमान गरेको छ ।

कुनै नजिकको आफन्त नभएका र सार्वजनिक दीर्घकालीन हेरचाह बीमा अन्तर्गत दीर्घकालीन हेरचाह वा सहयोगको आवश्यकता भनी प्रमाणित भएका वृद्धवृद्धाहरूको सङ्ख्या २०५० मा ३४०,००० बाट बढेर ५९०,००० पुग्ने अनुमान गरिएको छ ।

सन् २०२४ मा ६५ वर्ष र माथिका सन्तान नभएका मानिसको संख्या ४५ लाख ९० हजारबाट बढेर २०५० मा १ करोड ३ लाख २० हजारपुग्ने अनुमान गरिएको छ । उक्त समूह भित्र अविवाहितको संख्या ३७ लाख १० हजारबाट बढेर ८३ लाख ४० हजार पुग्ने अनुमान गरिएको छ ।

कतिपय अवस्थामा वृद्धवृद्धाहरू पनि तनावपूर्ण सम्बन्धका कारण आफन्तहरूमा भर पर्न सक्दैनन् । जापान रिसर्च इन्स्टिच्युटको तथ्याङ्कले आपतकालिन अवस्थामा आफन्तबाट आर्थिक सहयोगको अपेक्षा गर्न नसक्ने ६५ वर्षभन्दा माथिका व्यक्तिहरू २०२४ मा ७९ लाखबाट बढेर २०५० मा ८९ लाख पुग्ने सम्भावना रहेको देखाएको छ ।