टोकियो, जापान ।
जापानका अध्यागमन अधिकारीहरूले आतंकवादीहरूलाई देश प्रवेश गर्नबाट रोक्न र प्रस्थान गर्नु अघि विदेशी आगन्तुकहरूको स्क्रीनिंग गरेर अध्यागमन प्रक्रियाको क्रममा भीडभाड कम गर्ने उद्देश्यले नयाँ प्रणालीको परीक्षण सुरु गर्ने भएका छन् ।
अध्यागमन सेवा एजेन्सीले अप्रिलमा सुरु हुने आगामी आर्थिक वर्षमा पूर्व क्लियरेन्स प्रणालीको प्रयोगात्मक चेकजाँच सुरुवात गर्ने भएका छन् ।
यस प्रणाली अन्तर्गत, एयरलाइन्सहरूले अध्यागमन अधिकारीहरूलाई विमानस्थलहरूमा चेक इन प्रक्रियाको क्रममा जापान उड्न लागेका विदेशी यात्रीहरूको राहदानी जानकारी सहितको डाटा उपलब्ध गराउनुपर्नेछ ।
अध्यागमन अधिकारीहरूले डाटाबेसको आधारमा जापान आउँदै गरेका बिदेशीहरुको क्रस रेफरेन्स गर्नेछन् ।
जापानमा आतंककारीको रुपमा परिभाषित गरिएका केहिलाई एक वर्ष वा बढीको जेल सजाय तोकिएका घटनाहरु छन् । जापानमा अवैध रूपमा बसेर फर्किएकाहरुलाई प्रवेश गर्न अनुमति छैन ।
एयरलाइन्सहरूलाई नयाँ प्रणालीबारे सूचित गरिनेछ, र त्यसपछि तिनीहरूले पर्यटकहरूलाई उनीहरूको उडानमा चढ्न अनुमति दिने कि नदिने भनेर निर्णय गर्न सक्छन् ।
एजेन्सीका अधिकारीहरूका अनुसार विगत केहि बर्षमै १०,००० भन्दै धेरै विदेशी आगन्तुकहरूलाई जापानमा प्रवेश गर्न अस्वीकार गरेर फर्काइएको छ । आफ्नो देश फर्कन नमान्नेलाई जापानले आफ्नै खर्चमा फर्काइदिएको छ ।
गत वर्ष करिब २ करोड ५८ लाख विदेशी जापान आएका थिए । त्यो कोभिड पूर्व महामारी स्तरको लगभग ८० प्रतिशत हो । जसका कारण अध्यागमन प्रक्रिया गत बर्ष कर्मचारी अभावका कारण अस्तव्यस्त बन्न पुगेको थियो ।
समाचार अनुसार जापानले मुख्यत अनअराइभल भिषा प्राप्त गर्न सक्ने देश तथा क्षेत्रहरुमाथि विशेष निगरानी गरेर गर्न लागेको जापान प्रवेश पूर्वको चेकजाँच कडाइको नयाँ प्रणाली यसअघि नै अमेरिका, दक्षिण कोरिया, बेलायत लगायत पश्चिमा देशहरुले लागू गरिरहेको बताइएको छ ।